रेबिज रोग र बच्ने उपाय

सुरेशकुमार श्रेष्ठ
रेबिज मानिस तथा जनावरहरुमा लाग्न सक्ने १ प्राण घातक जुनोटिक रोग हो । मानिस तथा कुकुरमा लाग्न सक्ने लक्षणहरु बारे इसापूर्व ३ हजार वर्ष पहिले नै यहुदी ग्रन्थमा लेखेको पाइन्छ । यो रोगको विषाणुले मुख्यतया केन्द्रीय स्नायु प्रणालीमा असर पारी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्ने छर्दछ ।
यो रोग मानिसमा पनि लाग्ने हुनाले जन स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । खास गरेर पशु स्वास्थ्यकर्मीहरुको लागि रेविज बढी खतरापूर्ण र जोखिम छ । नेपालमा मुख्यतया रेबिज बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने गरेको छ र केहीलाई बिरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट भएको पाइएको छ । यो रोग लिसा भाइरसबाट लाग्छ ।
सर्ने तरिका :
यो रोगको संवाहक बहुला जनावर नै मानिन्छ । यस्ता जनावरको ¥यालमा भएको विषाणु र उक्त जनावरको टोकाई वा अन्य माध्यम हुँदै शरीरका विभिन्न स्नायु प्रणाली हुदै मस्तिस्कमा पुग्दछ ।
यो रोग २ प्रकारले सर्दछ
१) टोकाइबाट
२) बिना टोकाइबाट
रेबिज रोग लाग्न सक्ने सम्भावित कारण
१) बहुला कुकुर वा बिरालोले टोकेमा
२) जंगली जनावर जस्तै स्याल, ब्वाँसो, न्याउरीमुसा फ्याउरोले अकस्मात टाकेमा ।
३) बहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा ।
४) रेविज लागेको गाई भैसीलाई जब जस्ती मुख खोलेर जाँच्दा वा औषधी खुवाउँदा चोटपटक लागेको भागमा र्याल लतपतिन पुगेमा ।
५) रेबिज रोग लागी बिरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा
६) रेबिज लागेको जनावरको मासु काटकुट गर्दा लाग्ने चोटपटकमा ¥याल, गिदी लसपस हुन पुगेमा
७) रेबिज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा ।
लक्षणः
कुकुरमा रेबिजको लक्षणहरु २ अवस्थामा देखा पर्दछ ।
उत्तेजित अवस्था
- सामान्य बानी व्यहोरा र सिल स्वाभावमा परिवर्तन
- मालिकले बोलाएको नसुन्ने,भनेको नमान्ने, चन्चल हुने, अध्यारो रुचाउने
- मालिक र अन्य कुकुरसँग मिलेर बस्न नचाहने
- आक्रामक स्वभावका बिना कारण जे पायो त्यसैलाई झम्टने, मालिकलाई समेत टोक्ने
- टाँगमुनि पुच्छर हालेर दौडने
- बाटोमा अगाडि पर्ने कुनै पनि वस्तु, पशु वा मान्छेलाई टोक्ने र लगातार दौडिरहने, भुकी रहने
- लामो दुरी तय गर्ने घर फर्कने वा नफर्कन पनि सक्दछ
- पछि गएर माँसपेसीको पक्षघात हुने
- प्रसस्त र्याल काड्ने, भुक्न नसक्ने
- टाउको निहुर्याउने, जिब्रो बाहिर निकाल्ने
- पछाडिको खुट्टा कमजोर भई हिड्न नसक्ने
- रोगको लक्षण ४—७ दिन सम्म रहन्छ । लक्षण देखाएको १० दिन सम्म बाच्दछ।
लाटो अवस्था
- कुकुर सुस्त हुन्छ ।
- र्याल निकाली रहने
- सान्तसँग बसेको ४/५ दिनमा कुकुर मर्दछ
गाईभैसीमा देखिने लक्षणहरु
- जनावरको हेराइ एकोहोरो हुृन्छ ।
- अकस्मात जनावर तर्सने ।
- आक्रमक हुने मानिस वा कुनै पशु वस्तुलाई हान्ने
- अजिव स्वर गरेर कराउने ।
- दात किटकिटाउने, घाँस पानी ननिल्ने, निल्न नसक्ने ।
- आँखा राता राता पारी हेर्ने ।
- साँढे, राँगो खोजे जस्तो गरी पिसाव तुरतुर गर्ने
- बिस्तारै पछाडिको भागको पक्षघात हुने लगातार र्याल काडिरहने गुदद्वारको पक्षघात हुने
- पक्षघात भएको ३—४ दिनमा पशु मर्ने
रोगको पहिचान
१) लक्षणको आधारमा
२) प्रयोगशालामा मस्तीस्कको परिक्षण गरी रोग एकिन गर्न सकिन्छ
रेबिज विरुद्ध खोप लिनुपर्ने अवस्था
- लक्षणका आधारमा बहुला हो भन्ने यकीन भएको कुकुरले टोकेमा
- टोक्ने कुकुर मारिएमा ।
- टोक्ने कुकुरको पहिचान गर्न नसकिएमा ।
- टोक्ने कुकुर हराएमा वा वेपता भएमा ।
- शंकास्पद कुकुर रेबिज रोगको लक्षण देखाई १० दिनभित्र मरेमा वा प्रयोगशालामा शंकास्पद मारिएको कुकुरको गिदी परीक्षण गर्दा रेबिज लागेको प्रमाणित भएमा ।
- बहुला जनावरको र्याल आलो घाउ चोटपटक लागेको भागमा परेमा ।
- कुनै पनि जंगली जनावरले अकस्मात आक्रमक गरी टाेकेमा ।
- र्याल काडिरहेको गाईभैंसीलाई औषधी खुवाउने क्रममा मुखभित्र हात हालेमा र पछि र्याल लसपस भएमा ।
- केटाकेटीहरुलाई कुकुरले टोकेको तर टोक्ने कुकुरको पहिचान वयस्क व्यक्तिबाट हुन नसकेमा
- शंकास्पद परिस्थितिमा चिकित्सकको सल्लाह बमोजिम गर्ने ।
रेबिज रोगको प्राथमिक उपचार
- कुनै पनि बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा साबुन पानीले नत्रभने सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी गाउँमा लगाउने औषधी (डिटोल र आयोडिनको झोल) लगाउनु पर्दछ । यसरि रेबिज रोगको केही हदसम्म प्राथमिक उपचार गर्न सकिन्छ ।
- रेबिज रोग भाइरसबाट हुने भएकोले यो रोगको खासै उपचार हुँदैन ।
रोकथाम
- बहुला जनावरले टोक्नासाथ घाउलाई तुरुन्त साबुन पानीले राम्रोसँग धुने र पोटास पानी जस्तो औषधीले घाउ सफा गर्ने ।
- टोक्ने जनावरलाई तुरुन्त बाध्ने, थुनी प्रत्यक्ष नियन्त्रणमा राखी १० दिनसम्म चाल चलन हेर्ने
- निगरानी राखेको जनावर वा कुकुरले लक्षण देखाएमा तुरुन्त खोप लगाउने । १० दिनसम्म कुनै चालचलनमा परिवर्तन नभए भ्याक्सिन नलगाउने ।
रेबिज रोगको तितो सत्य
- कुकुरमा रेबिज रोग नलाग्ने तर रेविज विषाणु बोकेर हिँड्ने वा स्वस्थ देखिएका कुकुरले अरुलाई टोकेर सार्ने अवस्था रहँदैन ।
- बहुला जनावरले जुनसुकै भागमा टोके पनि रेबिज विषाणु टोकेको भागबाट केबल स्नायु भएर मात्र मस्तिष्कसम्म पुग्छ । रेविज विषाणु स्नायुमार्फत प्रति घन्टा ३ मिलिलिटरको दरको मस्तिष्क तर्फबाट ।
- रेबिज लागेको जनावरको रगतमा रेबिज विषाणु रहँदैन ।
- रेबिज विषाणु छट डिग्री सेल्सियस तापक्रममा निष्क्रिय हुन्छ
- प्राकृतिक अवस्थामा रेबिजरोग लागेर रोग प्रतिरोध गर्ने क्षमता विकसित हुँदैन ।
- रेविज रोग लाग्न कम्तीमा ३ दिन र बढीमा ८ वर्ष लागेको रेर्कडछ ।
- साधारणतया रेबिजरोग लागेको कुकुर वा जनावर ६ दिनभित्र मरिहाल्छ । तर रेबिज रोगको स्पष्ट लक्षण देखिनुभन्दा २ दिन अगाडिको ¥यालमा रेबिज भाइरस पाइनसक्ने भएकोले विश्व स्वास्थ्य संगठनले टोक्ने कुकुर बढीमा १० दिन निगरानीमा राख्न सिफारिस गरेको छ ।
- नेपालमा बर्सेनि १ सयजना भन्दा बढीको मृत्यु हुने गरेको अनुमान छ । विभिन्न समयमा गरेको सर्वेक्षण अनुसार २५ हजारभन्दा बढीले व्यक्तिले रेबिजरोगबाट बच्न खोप लिने गरेको छ ।
- एसियामा मात्र प्रत्येक १५ मिनेटमा एक मानिस रेबिज लागेर मर्ने गर्दछन्, रेबिज रोगीमध्ये कम्तीमा २० प्रतिशत १५ वर्ष मुनिका हुने गर्छन् । साथै प्रतिघन्टा ८ सय मानिसले बहुला जनावरको टोकाई वा सम्पर्कका कारण रेविज बिरुद्ध खोप लगाउने गर्दन् ।
श्रेष्ठ पशु प्राविधिक अधिकृत हुन्
तपाईको प्रतिक्रिया