सडक बालबालिकालाई ट्र्याकसुट

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सभाका सदस्य मीना गुरुङले जन्मदिनको अवसरमा सडक बालबालिकालाई ट्र्याकसुट वितरण गरेकी छन् ।
पोखरा महानगरपालिकाले संरक्षण गर्दै आएको सडक बालबालिकालाई उनले १८ थान ट्र्याकसुट वितरण गरेकी हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा भएको कार्यक्रममा हङकङ ब्युटी इन्स्टिच्युट सञ्चालक एवं राष्ट्रिय सौन्दर्यकर्मी युनियनका संस्थापक अध्यक्ष समेत रहेकी गुरुङले समाजमा थोरै भए पनि योगदान पु¥याउन बालबालिकाहरुको लागि सहयोग गरेको बताइन् ।
उनले प्रदेश सरकार र पोखरा महानगरले सडक बालबालिकाको रेखदेख र संरक्षण गरेको उल्लेख गरिन् ।
उनले प्रदेश सभाको सदस्यका हिसाबले पाउने तलब सामाजिक काममा खर्च गर्ने बताइन् ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले मीना गुरुङको समाजलाई सकारात्मक सन्देश दिने सामाजिक काम सबै जनप्रतिनिधिहरुले अनुकरण गर्नु पर्ने बताए ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन अध्यक्ष सुमन गुरुङले सामाजिक क्षेत्रमा जनप्रतिनिधि गुरुङको योगदान रहेको दाबी गरिन् ।
लकडाउन बेला पोखरा महानगरपालिकाले पोखरा सडक बालबालिकालाई अन्नपूर्ण–१ स्थित लेबाडेमा चिल्ड्रेन नेपालको भवनमा व्यवस्थापन गरेको आएको चिल्ड्रेन नेपालका निर्देशक रामचन्द्र पौडेलले बताए । हाल त्यहाँ ११ जिल्लाका ३ बालिकासहित १८ जना छन् ।









वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया