विद्यालयलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ असोज १४ गते ११:२३

समाधान संवाददाता, पोखरा

Advertisement

पोखरा जेसिजले पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटस्थित मणिज्योति आधारभूत विद्यालयलाई मंगलबार माक्स, सेनिटाइजर लगायत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन भएको कार्यक्रममा कोभिड १९रोकथाम तथा नियन्त्रणको बारेमा सचेतना कार्यक्रम समेत गरेको पोखरा पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए ।

पोखरा महानगर वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले जेसिजको सहयोगले शिक्षक तथा विद्यार्थीहरुलाई संरक्षित भएर पठन पाठन गर्न सहयोग पुग्ने बताए ।

विद्यार्थीहरुलाई कोभिड १९ बाट जोगाउन सबैको सहयोग आवश्यक भएको उनले उल्लेख गरे । वडा अध्यक्ष थापाले सचेतना कार्यक्रममा आर्जन गरेको ज्ञानलाई समुदाय स्तरमा लैजान सुझाव दिए ।

Advertisement

पोखरा जेसिजका अध्यक्ष सापकोटाले सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर सहयोग गरेको बताए । विद्यालयलाई आवश्यक अनुसार सहयोग गर्न जेसिज तयार रहेको उनले उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनबहादुर खड्का, पोखरा जेसिजका कार्यकारी उपाध्यक्ष तथा कार्यक्रमका मूलसंयोजक मीनराज खड्का, स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम संयोजक विनु श्रेष्ठ, विपना बास्तोलाले कोरोनाको कारणले बालबालिकामा नकरात्मक असर पर्न नहुने बताए ।

तपाईको प्रतिक्रिया