आयल निगमका कर्मचारीसहित पोखरामा थपिए १६ संक्रमित

समाधान संवाददाता २०७७ असोज १५ गते १२:३०

समाधान संवाददाता, पोखरा

कास्कीमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा आज पोखरा महानगरपालिकाका १६ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा भारतबाट आएका र आयल निगम गगनगौंडा डिपोका कर्मचारी छन् । केही संक्रमित कन्ट्याक्ट ट्रेसिङका छन् ।

Advertisement

स्याङ्जामा पनि ३ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । भीरकोट नगरपालिकाका ३ पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।

योसहित गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या ३९ सय ४० पुगेको छ । तीमध्ये २७ सय ४४ जना निको भएका छन् भने ३३ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया