जबरजस्ती करणी आरोपमा वडासचिव पक्राउ

समाधान संवाददाता २०७७ असोज १५ गते १३:२७

महोत्तरी

प्रहरीले जबरजस्ती करणी आरोपममा महोत्तरीमा एक वडासचिवलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिवलाई पक्राउ गरिएको हो ।

Advertisement

भंगहा– ९ का वडासचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको हो ।

यादवले बजारबाट घर जाँदै गइरहेकी महिलालाई जबरजस्ती करणी गरेको पीडित महिलाले बताएपनि मेडिकल पुष्टि हुन बाँकी छ ।

Advertisement

स्थानीयका अनुसार वडासचिव यादव राति अत्यधिक मदिरा पिएका थिए । रासस

तपाईको प्रतिक्रिया