बेनी–जोमसोम सडक १५ दिनपछि खुल्यो

एसके थकाली, जोमसोम
सुख्खा पहिरोका कारण अवरुद्ध बेनी—जोमसोम सडक खण्ड १५ दिनपछि खुलेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ रुप्से र काभ्रे तथा म्याग्दी र मुस्ताङको सीमानाको घोप्टे ओढारमा आएको पहिरोका अवरुद्ध सडकको ट्र्याक मर्मतपछि बिहीबार साँझबाट खुलेको हो ।
कालिगण्डकी करिडोर तथा शर्मा गजुरमुखी जेभी र नेपाली सेना लगायतको पहलपछि उक्त सडकमा गाडी सञ्चालनमा आएको करिडोर सडकका इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए ।
निर्माणाधीन बेनी–जोमसोम सडकमार्गमा दर्जनौं स्थानमा आएको बाढी, सुख्खा पहिरो र नदी कटानका कारण यो सिजनमा लगातार २ पटकसम्म यातायात ठप्प भयो ।
पहिलोपटक साउन ५ गते डेढ महिना र पछिल्लो पटक गत असार ३० गते बेनी—जोमसोम सडकको दर्जनौ स्थानमा बाढीपहिरो र नदी कटानले गाडी चल्न सकेका थिएनन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ को रुप्से झरनामा आएको सुख्खा पहिरोले त्यहाँको सडकमा क्षति पुगेको थियो ।
निर्माण कम्पनीको २ वडा डोजरले रुप्सेको कामचलाउ सडक पटकपटक सफा गरे पनि काभ्रे र घोप्टे ओढारमा आएको पहिरोले सडक अवरुद्ध भएको थियो ।
निर्माण कम्पनीका उपकरण र जनशक्ति मजदुर परिचालन गरी तारजाली लगाएर सडकको आधार बनाइएको हो ।
निर्माण कम्पनी तथा सरोकारवाला निकायले दोस्रो पटक सडक मर्मत गरी यातायात खुलाएसँगै म्याग्दीबाट मुस्ताङतर्फ २ दर्जन मालवाहक ट्रक र ट्याक्टर भित्रिएका छन् ।
मुस्ताङबाट म्याग्दीतर्फ १ दर्जन ट्रक तल झरेको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले जानकारी दिए ।
लगातार सडक अवरुद्ध हुँदा मुस्ताङबाट स्याउ तथा आलु लोड गरी गएका सवारी तथा म्याग्दीबाट मुस्ताङतर्फ खाद्यान्न र निर्माण सामग्री लोड गरी गएका मालवाहक सवारी लामो समयसम्म बीच सडकमै अलपत्र परेका थिए ।
यसपटकको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका गाडी आउजाउ ठप्प थियो । जसका कारण कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत मुस्ताङवासी समस्यामा परेका थिए ।
गाडी नचलेकै कारण मुस्ताङबाट गम्भिर बिरामीलाई थप उपचारका लागि पोखरा–काठमाडौं पुर्याउन समस्या परेको थियो ।
सडक अवरुद्ध हुँदाको अवस्थामा मुस्ताङमा उत्पादित फलफूल तथा तरकारी लगायत कृषिजन्य वस्तु समेत पोखरा लैजान सकिएको थिएन ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया