शुक्लागण्डकीको एक्लेडाँडामा बुद्धको मूर्ति बन्ने

तनहुँ, रासस
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडामा बुद्धको मूर्तिसहित पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित उक्त ठाउँमा बुद्धको मूर्ति र अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको हो ।
वडा कार्यालयले गौरवको योजनाको रुपमा सूचीकृत गरेको उक्त ठाउँमा पूर्वाधार निर्माणका लागि डिपिआर तयार भइसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार वडा कार्यालयको रु पाँच लाखको बजेटमा बन्दाबन्दीकै अवधिमा जिओ इन्जिनियरिङ कन्स्लटेन्सीले डिपिआर निर्माण गरेको छ ।
एक्लेडाँडामा बुद्धको मूर्ति निर्माणका लागि माटो परीक्षणसमेत सम्पन्न भइसकेको छ ।
वडा कार्यालयले नयाँ गन्तव्यको रुपमा उक्त ठाउँको पहिचान गरेको छ । वडाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रबद्र्धन गर्दै लैजाने उद्देश्य राखिएको रेग्मीले बताए ।
‘सम्भावना बोकेर पनि ओझेलमा परेको यस ठाउँलाई उजागर गर्ने उद्देश्यसहित पर्यटकीय गन्तव्य बनाउन खोजेका हौ’, रेग्मीले भने, ‘चालु आर्थिक वर्षमै यस ठाउँमा पूर्वाधार निर्माणका काम शुरु हुन्छ ।’
चालु आर्थिक वर्षमा नगरपालिकाले यसका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट बाटो निर्माण, सिढी र रेलिङ निर्माणका काम शुरु गरिनेछ ।
डिपिआर अनुसार बुद्धको मूर्तिसहित अन्य पूर्वाधार निर्माणका लागि करीब रु ३ करोड बजेट अनुमान गरिएको छ ।
तिब्बतीयन क्याम्प नजिकै भएकाले डाँडामा बुद्धको मूर्ति निर्माण गरिने र पूजाआजाको व्यवस्था पनि मिलाइनेछ ।
त्यस्तै उक्त ठाउँमा अष्टवाराहीको मूर्ति पनि निर्माण गर्ने प्रस्ताव छ । वडाध्यक्ष रेग्मीका अनुसार यस ठाउँमा पार्क, बनभोज स्थललगायत अन्य पूर्वाधार निर्माण गर्ने योजना छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया