नाडाल सजिलै प्रिक्वाटर फाइनलमा

समाधान संवाददाता २०७७ असोज १७ गते ७:४३

एजेन्सी

राफायल नाडाल फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन्। इटालीका स्तेफानो ट्राभालियालाई पराजित गरेर नाडाल प्रिक्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।

३४ वर्षका नाडाल १३ औँ फ्रेन्च ओपन उपाधिको होडमा छन्। नाडालले ट्राभालियालाई ६–१, ६–४ र ६–० ले पराजित गरेका हुन् । उनले १२ पटक फ्रेन्च अाेपन जित्ने किर्तिमान कायम गरिसकेका छन् ।

Advertisement

२८ वर्षका ट्राभालियालाई पराजित गरेका नाडालले अब सेबास्टियन कार्डासँग प्रतिस्पर्धा गर्ने छन्।

छनौट चरणबाट आएका २० वर्षे अमेरिकी कोर्डा पछिल्लो ९ वर्षमा छनौट चरणबाट आएका मध्ये चौथो चरणमा पुग्ने पहिलो खेलाडी बनेका छन् ।

Advertisement

उनले स्पेनका पेड्रो मार्तिनेजलाई पराजित गरेका हुन् । सन् १९९२ को फ्रेन्च ओपन टेनिसका फाइनलिस्ट पेट्रका छोरा कोर्डाले मार्तिनेजलाई ६–४, ६–३ र ६–१ को सेटमा पराजित गरेका हुन् ।

तपाईको प्रतिक्रिया