किचन क्याबिनेटका ४ जना काेराेना संक्रमित भएपछि प्रधानमन्त्री आइशाेलेसनमा

समाधान संवाददाता २०७७ असोज १७ गते १६:४५

समाधान संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा सहित उनका निकटस्थ ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख राजनीतिक सल्हाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

Advertisement

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले शुक्रबार गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

जति बेला पनि सँगै हुनेहरु संक्रमित भएपछि प्रधानमन्त्री हाेम आइशाेलेसनमा बसेका छन् । यद्यपी थापाले आफूहरुले प्रधानमन्त्रीलाई भेटे पनि स्वास्थ्य सावधानी अपनाएरै भेट्ने गरेकाे बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया