‘अब आफैँ नाम लेख्न सक्छु’

दमौली, रासस
व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएकी विमला भट्टराईलाई आफ्नो नाम लेख्न आउदैँनथ्यो ।
हालसम्म किताब नछोएकी उनले नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो ।
६५ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औठाछाप लगाउँथिन् ।
तर अब उनलाई बैंकमा गएर आँैठाछाप लगाउनुपर्दैन, प्रष्टसँग आफ्नो नाम लेख्न सक्ने भएकी छन् ।
‘अब त बैङ्कमा जाँदा औँठाछाप होइन, आफ्नै नाम लेख्ने हो’, उनले भनिन्, ‘आफ्नो नाम आफैँले लेख्न सक्ने हुँदा साह्रै खुशी लागेको छ ।’
रोट¥याक्ट क्लव अफ वेदव्यास र इनरह्विल क्लब अफ दमौलीले ज्येष्ठ नागरिक आमाहरुलाई लक्षित गरी सञ्चालन गरेको साक्षरता अभियानमार्फत उनले आफैँले नाम लेख्न सक्ने भएकी छन् ।
‘सिकाइको उमेर हुँदैन’ भन्ने नारा सहित क्लबले यही असोज ६ गतेदेखि आश्रममै साक्षरता अभियान सञ्चालन गरेको थियो । क्लबले सञ्चालन गरेको उक्त अभियानमार्फत १० जना प्रशिक्षित भए ।
रोट¥याक्ट क्लब अफ वेदव्यासकी अध्यक्ष सन्जु घलेले साक्षरता अभियानमा सहभागी कतिपय आमाहरुले नेपालीमा नाम लेख्न पहिल्यै जानेको भए पनि अङ्ग्रेजीमा पनि लेख्न सक्ने भएका जानकारी दिइन्।
व्यास –५ कै आमाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानमा आश्रमका दुई जना र अन्य आठ जना सहभागी थिए ।
स्थानीय मिठु केसी, हरिमाया थापा, मनमाया श्रेष्ठ, नमून थापा लगायतले बुढ्यौली उमेरमा केही दिन भए पनि पढ्न पाउँदा खुशी लागेको बताए ।
क्लबकी अध्यक्ष घलेका अनुसार साक्षरताको अभियानको पहिलो भाग समापन भएको र पुनः यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया