गायक सितारामले बृद्दाश्रममा मनाए जन्माेत्सव
समाधान संवाददाता
२०७७ असोज १८ गते १७:०५

समाधान संवाददाता
गायक सिताराम पाेखरेलले आफ्नाे जन्माेत्सव विगत वर्षमा झै यस वर्ष पनि बृद्दाश्रममा मनाएका छन् ।
अक्टाेबर ४ मा जन्मेका उनले विगत लामाे समयदेखि बृद्दाश्रममा वा विपन्न बालबालिकालाई सहयाेग गरेर जन्मदिन मनाउने गरेका छन् ।
यस पटक काठमाण्डाैंकाे नैकापस्थित बृद्दाश्रमका भाेजन गराए । उनले खाना खुवाउनुका साथै फलफुल तथा काेराेना भाइरसबाट जाेगाउन मास्क वितरण गरे ।
श्रीमतीसहित गएका पाेखरेलले त्यही केक काटेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया