अमरसिंह माविमा तालाबन्दी

समाधान संवाददाता, पोखरा
अमरसिंह नमुना माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघले आइतबार तालाबन्दी गरेको छ ।
नेविसंघ अमरसिंह मावि इकाई समितिले विद्यालयको कार्यालयमा तालाबन्दी गरेको हो ।
समितिले असोज १४ गते बुझाएको ५ बुँदे मागप्रति बेवास्ता गरेको भन्दै विद्यालयमा तालाबन्दी गरिएको इकाई सभापति दिवश शर्माले बताए ।
समितिले विद्यालय व्यवस्थापन समितिको नाममा गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने, छात्रामाथि यौन दुर्व्यवहार गर्ने विद्यालयका शिक्षकलाई कारबाही हुनुपर्ने, कर्मचारी नियुक्तिमा भएको अनियमितताको छानबिन हुनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाका समस्या हल गर्नुपर्ने र कक्षा ११ को भर्ना प्रक्रियाबारे छानबिन गर्न ३ दिने अल्टिमेटम दिएको थियो ।
समितिले सोमबारदेखि चरणबद्ध आन्दोलन गर्ने इकाई सभापति शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले अमरसिंह माविको शैक्षिकस्तर खस्कँदै गएको यसमा व्यवस्थापन समिति र शिक्षकहरु नै बढी जिम्मेवार रहेकाले सचेत गराउन तालाबन्दी गरिएको बताए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया