पाेखरा १६ बाट लागुऔषधसहित ५ जना पक्राउ

समाधान संवाददाता
कास्की प्रहरीले पोखरा १६ बाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ तुम्केस्थितमा बाटोमा हिँडिरहेको अवस्थामा १७ गते साँझ उनीहरुलाई पक्राउ गरिएको जिप्रकाले सोमबारमात्रै खुलाएको हो ।
‘पक्राउ परेकाहरुबाट डाइजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा १ केजी २२३ ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ,’ प्रहरीले भनेको छ ।
निजहरुलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी सुवास हमालले जनाएका छन् ।
पक्राउ व्यक्तिहरुको विवरण :-
- नाम : समिर गुरुङ
उमेर : २१ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ जोगमणी
- नाम : अथित गुरुङ
उमेर : २१ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ जोगमणी
- नाम : मोहित खवास
उमेर : २४ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ बाटुलेचौर
- नाम : मनोज बि.क.
उमेर : १८ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१९
- नाम : कुमार ठकुरी
उमेर : ३० वर्ष
ठेगाना : जिल्ला धादिङ सुनौलाबजार -६ घर भई हाल
जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ जोगमणी
पक्राउ सामानको विवरण :-
- डाईजापाम – ७ एम्पुल
- फेनेरागन – ७ एम्पुल
- बुर्फिनफ्रिन – ७ एम्पुल
- गाँजा -१ के.जी. २२३ ग्राम









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया