कोरोना सङ्क्रमित ९० हजार नाघ्यो, ५६३ काे मृत्यु

समाधान संवाददाता २०७७ असोज २० गते १९:२३

काठमाण्डाैं, रासस ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५५१ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूना परीक्षण गर्दा मुलुकभर एक हजार ४२ पुरुष र ५०९ महिलामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा काठमाडौँमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ गरी उपत्यकामा मात्र एक हजार १७ सङ्क्रमित थपिएका छन् ।

Advertisement

रुपन्देहीमा ९६, चितवनमा ८१, बाँके र दाङमा ३४÷३४, मोरङमा २७, काभ्रेपलाञ्चोकमा २४, कैलाली र गोरखामा २०÷२०, सुनसरीमा १९, महोत्तरीमा १५, नवलपरासी पूर्वमा १३, धनुषामा १२, कालिकोट र सिरहामा १०÷१० सङ्क्रमित फेला परेका छन् ।

यसैगरी नवलपरासीमा नौ, सर्लाहीमा सात, प्यूठान, मकवानपुर र रौटहटमा छ÷छ, बैतडी, स्याङ्जा, धादिङ र नुवाकोटमा पाँच÷पाँच, पाल्पा र झापामा चार÷चार, उदयपुरमा तीन, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, रामेछाप, पर्सा, बारा, सप्तरी, इलाम र धनकुटामा दुई÷दुई, डडेल्धुरा, डोटी, बझाङ, बर्दिया, रोल्पा, म्याग्दी, लमजुङ, बाग्लुङ, तनहुँ, दोलखा, खोटाङ र ताप्लेजुङमा एक÷एक सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा कुल दुई हजार ३४० जना कोरोना मुक्त भएका छन् ।

Advertisement

यससँगै नेपालमा हालसम्म ६७ हजार ५४२ जनाले कोरोनालाई जितेका छन् । कोरोना मुक्त भई डिस्चार्ज हुनेको प्रतिशत ७४्३ पुगेको छ ।

मुलुकभर हाल २२ हजार ७०९ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १३ हजार ५९१ होम आइसोलेसन र नौ हजार ११८ संस्थागत आइसोलेनसमा छन् । चार हजार २२१ जना क्वारेन्टिनमा छन् ।

हालसम्म १० लाख ९९ हजार २६७ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । २४३ सङ्क्रमितको आइसियू र ४० सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेका छ । सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम पूर्व र डोल्पामा सक्रिय सङ्क्रमितछैनन् भने मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमितछन् ।

नौ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सङ्क्रमणबाट चार महिला र पाँच पुरुष गरी नौ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा एक, काठमाडौँमा दुई, ललितपुरमा तीन र चितवनमा एक जना ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ५९ देखि ७७ वर्ष उमेर समूहका छन् ।

यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुगेको छ । कुल सङ्क्रमितमध्ये ०.६२ प्रतिशतको ज्यान गएको मन्त्रालयले जनाएको छ । विश्वभर तीन करोड ५७ लाख २८ हजार २१९ जना कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये १० लाख ४६ हजार ४१९ को ज्यान गएको छ भने दुई करोड ६८ लाख ८८ हजार ९४१ कारोनामुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया