पर्यटनको विकासले समृद्धि सम्भव

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटनको विकासले आर्थिक समृद्धि सम्भव भएको बताएका छन ।
भीरकोट नगरपालिका ४ सिसौघारी फोहोरमैला व्यवस्थापन केन्द्रको प्रशासकीय भवनको शिलन्यास गर्दै मन्त्री लम्सालले पर्यटनका माध्यमबाट समृद्वि र विकास सम्भव भएको दावी गरे ।
‘गण्डकी प्रदेशले पर्यटन प्रर्बद्वनको लागि योजनाबद्व ढंगले काम गरेको छ,’मन्त्री लम्सालले भने, ‘सरसफाई, पूर्वाधारको विकास पर्यटन प्रर्बद्वनको मुख्य आधार हो ।’
उनले पर्यटनको विकासको लागि लगानी बढाउन नगरपालिकालाई सुझाव दिए ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेकोे स्याङजाको पर्यटनको विकासले समग्र जिल्लाकोबासी जिवनस्तर परिर्वतन हुने मन्त्री लम्सालको भनाई थियो ।
गण्डकी प्रदेशसभाका सदस्य दिपक चर्तीमगरले पर्यटन विकासका लागि सरसफाई महत्वपुर्ण पक्ष भएको बताए ।
मन्त्री लम्सालको टोलीले भीरकोटको गडहरे गुफा र स्वरेक मैदानको समेत अवलोकन समेत गरेको थियो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया