क्लासिक मोटरसाइकल नेपाली बजारमा छिट्टै

समाधान संवाददाता २०७७ असोज २१ गते ०:२१

समाधान संवाददाता, पोखरा

भारतभर फैलिएको क्लासिक लेजेन्ड्स प्रालिले जावा र जावा फोर्टी टु मोडलका सवारी साधनहरु नेपाली बजारमा बिक्री गर्ने तयारी गरेको छ ।

अग्नि मोटोइन्क प्रालिलाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका तोकेको कम्पनीले २०२० को अक्टोबरदेखि ती सवारीहरुको बिक्रीकोे औपचारिक सुरुवात गरेको छ ।

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत आशिषसिंह जोशीले सुरुमानेपालको लागि जावार जावा फोर्टी टु मोडेल उपलब्ध गराउने जानकारी दिए ।

कम्पनीले नेपालमा जावा अनुशरणकर्ताहरूका लागि लोकप्रिय मोडेलहरू सुलभ ढंगले पहुँच हुनेगरी प्रस्तुत गर्ने जनाएको छ ।

Advertisement

‘भारतमा जतिबेला नयाँ जाभा मोडलहरूका लागि अदभूतपूर्व प्रेम, चासो र मागसहित सफलता हासिल गरेको थियो, त्यस बेला कम्पनीलाई नेपालमा पनि यस्तो स्नेह प्राप्त हुने थाहा भयो,’उनले भने, ‘नेपालमा जावा र जावा फोर्टी टु गरी दुईवटा मोडेलहरू प्रस्तुत गर्दैछौं ।’

उनले सबै क्लासिक मोटरसाइकलग्राहकलाई इतिहासको एक हिस्सासहित एउटा अद्वितीय स्वाभित्वको अुनभूति दिलाउने दाबी गरे ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले क्लासिक लेजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा ल्याउन पाउँदा गर्व लागेको बताए ।

नेपालका मोटरसाइकलग्राहकका लागि क्लासिक मोटरसाइकल ल्याउन पाउँदा उत्साहित भइरहेका छौं,’उनले भने, ‘एउटा प्रमाणिक र आइकोनिक ब्रान्ड जावाप्रति म निकै निकै आशावादी छु ।’

मोटरसाइकलले ग्राहककोे स्वतन्त्र भावनालाई निश्चित रूपले पूर्ति गर्ने दावी गर्दै उनले नयाँ जावाको पौराणिक क्लासिक अझै टेन्डी देखिएको र यसको सबल निर्माण विशेषताले गर्दा नेपालका ग्राहकहरुबीच तत्कालै लोकप्रिय हुने उल्लेख गरे ।

सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित सोरुमहरुमा उपलब्ध हुने जावा मोटरसाइकल र नेटवर्क विस्तारै देशभर हुनेछ ।

कम्प्लिट्ली ब्युल्ड युनिट (सिबियु) प्रविधिमा नेपाल ल्याइने ति मोटरसाइकल निकट भविष्यमा योजनाबद्ध काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवल लगायतका प्रमुख सहरहरूमा बिक्रीकक्ष राखिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया