चापाकोटमा रेबिजविरुद्ध खोप

समाधान संवाददाता, पोखरा
हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट नेपाल)को आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर २३ चापाकोटका सामुदायिक एवं घर पालुवा कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
विश्व पशु दिवस अवसर पारेर हार्ट नेपालले निशुल्क रेबिजविरुद्धको खोप लगाएको हो । ४५ कुकुर, बिरालोलाई खोप लगाइएको हार्ट नेपालले जनाएको छ ।
चापाकोटमा ५ वर्षदेखि हार्टले हरेक वर्ष यसरी नै कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाउँदै आएको छ ।
यसका साथै हार्टले पोखराभरि नै १० वर्षदेखि रेबिजविरुद्धको अभियान चलाउँदै आएको छ ।
यसरी खोप लगाउने क्रममा भेटिएका पोथी कुकुरहरुलाई बन्ध्याकरण पनि गरिने गरेको हार्ट नेपालले जनाएको छ ।
हरेक वर्ष अक्टोबर ४ को दिनमा विश्वभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर पशु दिवस मनाइने गरिन्छ ।
सोही अवसरमा हरेक वर्ष नेचरवाच फाउन्डेसनले पशु सेवामा लागि परेका र अमूल्य योगदान पु¥याउन सफल संस्थाहरुलाई विशेष अनुदानको व्यवस्था गर्ने गरेको छ ।
यस वर्षको विश्व पशु दिवसको अनुदान भने एनिमल रेस्क्यु ट्रस्ट (हार्ट नेपाल)ले प्राप्त गर्न सफल भएको छ ।
हार्टका सञ्चालक खगेश्वर शर्माले १५ वर्षदेखि विश्व पशु दिवसमा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् ।
उक्त सहयोगलाई सडक सामुदायिक कुकुरहरुको बन्ध्याकरणको कार्यमा प्रयोग गरिने शर्माले बताए ।
तपाईको प्रतिक्रिया