‘सरकारले यातायात क्षेत्रको लगानी संरक्षण गरेन’

समाधान संवाददाता २०७७ असोज २२ गते ११:०५

समाधान संवाददाता, पोखरा

सरकारले सार्वजनिक यातायातको क्षेत्रमा गरेको लगानीको संरक्षणमा ध्यान नदिएको सरोकारवालाहरुले उठाएका छन् ।

उनीहरुले नीजी क्षेत्रको लगानीलाई जोगाउन सरकारको स्पष्ट नीति नभएको उल्लेख गरे ।

Advertisement

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले यातायात क्षेत्रमा भएको लगानीलाई जोगाउनको लागि सरकारको कुनै ठोस योजना नभएको बताए ।

‘सरकारले साझा वाहेक यातायात क्षेत्रमा लगानी गरेको छैन,’अध्यक्ष राईले भने, ‘भएको लगानी जोगाउन नत सरकारको ध्यान गएको छ । नत लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति नै अख्तियार गरेको छ ।’

Advertisement

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी पोखरा महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष राईले सार्वजनिक यातायातमा निजी क्षेत्रको लगानी १० अर्ब रहेको बताए ।

उनले लकडाउनको कारण यातायातको लगानी धरासायी बनेको तथा यातायात व्यवसायी डुब्ने अवस्थामा पुगेको उल्लेख गरे ।

स्वरोजगार तथा न्युन आय भएका व्यवसायी ९० प्रतिशत लगानी भएको दावी गर्दै अध्यक्ष राईले लगानी जोगाउन मात्र नभएर सरकारले यातायात क्षेत्रमा कुनै पनि राम्रो काम नगरेको आरोप लगाए ।

उनले सरकारको स्पष्ट नीति नबन्दासम्म समग्र यातायातको व्यवस्थापनको लागि संगठनले सहकार्य र खबरदारी गर्ने बताए ।

सरकारले ल्याउन लागेको यातायात प्राधिकरण विधेयक यातायात मजदुरको पक्षमा नभएको आरोप लगाउदै अध्यक्ष राईले नीति निर्माणतहमा मजदुरको आवाज सुन्ने चलन नभएको उल्लेख गरे ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्रीले यातायात क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउने मुल दायित्व व्यवसायीको भएता पनि सुरुवात श्रम क्षेत्रबाट गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल यातायात मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इञ्चार्ज कर्णसिं गुरुङ, केन्द्रीय कमिटीका सचिव विष्णुबहादुर पराजुली, गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसी, पोखरेली ट्याक्सी सेवा प्रालिका सञ्चालक तथा दुर्घटना इकाई प्रमुख शोभाकान्त पौडेल, गण्डकी टयाक्सी व्यवासायी पब्लिक लिमिटेडका सदस्य सचिव अर्जुन पौडेल, संगठनका पोखरा महानगर कमिटीका इञ्चार्ज बालकृष्ण पोखरेल, निवर्तमान अध्यक्ष रामचन्द्र सुवेदी,लामोदुरी इकाईका अध्यक्ष श्यामकुमार बजगाई लगायतका वक्ताले यातायात क्षेत्रको बारेमा बोलेका थिए ।

अधिवेशनले मदनकुमार सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

कमिटीको उपाध्यक्ष डिलकुमार नेपाली (डिबी), सचिव अमृत गुरुङ, सहसचिव जीत परियार, कोषाध्यक्ष कमल पोखरेल छन् ।

कमिटीको सदस्यहरुमा ठाकुरप्रसाद सुवेदी, सुजन श्रेष्ठ, कृष्णबहादुर मगर, हेमराज हुमागाई र सल्लाहाकारमा रामचन्द्र सुवेदी छन् ।

कार्यक्रममा नेपाल यातायात मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इञ्चार्ज कर्णसिं गुरुङ, केन्द्रीय कमिटीका सचिव विष्णुबहादुर पराजुली, गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसी, पोखरेली ट्याक्सी सेवा प्रालिका सञ्चालक तथा दुर्घटना इकाई प्रमुख शोभाकान्त पौडेल, गण्डकी टयाक्सी व्यवासायी पब्लिक लिमिटेडका सदस्य सचिव अर्जुन पौडेल, संगठनका पोखरा महानगर कमिटीका इञ्चार्ज बालकृष्ण पोखरेल, निवर्तमान अध्यक्ष रामचन्द्र सुवेदी,लामोदुरी इकाईका अध्यक्ष श्यामकुमार बजगाई लगायतका वक्ताले यातायात क्षेत्रको बारेमा बोलेका थिए ।

अधिवेशनले मदनकुमार सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कमिटीको उपाध्यक्ष डिलकुमार नेपाली (डिबी), सचिव अमृत गुरुङ, सहसचिव जीत परियार, कोषाध्यक्ष कमल पोखरेल छन् ।

कमिटीको सदस्यहरुमा ठाकुरप्रसाद सुवेदी, सुजन श्रेष्ठ, कृष्णबहादुर मगर, हेमराज हुमागाई र सल्लाहाकारमा रामचन्द्र सुवेदी छन ।

तपाईको प्रतिक्रिया