नर्सरी व्यवस्थापन तालिम

समाधान संवाददाता २०७७ असोज २३ गते ०:४५

समाधान संवाददाता, पोखरा

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ र १३ का किसानलाई नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्बन्धी तालिम दिइएको छ ।

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाले सञ्चालन गरेको ‘कोभिड १९ उद्वार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत किसानलाई तालिम प्रदान गरिएको हो ।

Advertisement

स्थलगत रुपमा नै गरिएको तालिममा समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको दियालोका अध्यक्ष गीता तिवारीले जानकारी दिइन् ।

उनले नर्सरी मार्फत गाँउका किसानलाई बिरुवा वितरण गरी उत्पादन बढाउने लक्ष्य रहेको बताइन् ।

Advertisement

वालिङ नगरपालिकाका १४ वडाका किसान तथा कोरोना प्रभावितहरुलाई दीगो रुपमा आम्दानीतर्फ लैजानु परियोजनाको मुख्य उद्देश्य छ ।

कार्यक्रममा युएनडिपी नेपालका फिल्ड अधिकृत गंगाधर खनाल (राजु), सुर्काैदी कृषि सहकारीका अध्यक्ष कृष्णप्रसाद पंगेनी, दियालो संस्थाका सहसचिव सीता गैरे, समाजसेवी बालानन्द डुम्रे, अगुवा किसान गणेश डुम्रे, टीकाराम घर्ती र शुक्रबहादुर जिटी लगायतले बोलेका थिए ।

तालिममा ६८ जना अगुवा किसानको सहभागिता थियो । दुबै वडामा भएका कार्यक्रममा कृषि प्राविधिक शोभाकान्त पाण्डे र विष्णुप्रसाद न्यौपानेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम अन्तर्गत नगरका १४ वटै वडामा नर्सरीको स्थापनाको काम भइरहेको दियालोले जनाएको छ ।

तपाईको प्रतिक्रिया