रसिद खानका सामुन्ने निरीह पञ्जाव

एजेन्सी
दुवईमा जारी यस सिजनकाे आइपिएल २० ट्वान्टी क्रिकेट प्रतियाेगितमा किङ इलेवेन पञ्जाव निरीह अवस्थामा छ । उसले खेलेका ६ मध्ये ५ खेल हारेकाे छ र अंक तालिकाकाे पुच्छारमा छ । विहीबार राती भएकाे खेलमा झन लज्जाजनक हार बेहाेर्याे ।
सनराइजर्स हौदरावादसंगकाे खेलमा किंग्स-११ पञ्जाव सहजरुपमा पराजित भयाे। साे खेलमा हैदरावादले ६९ रनको जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा २०१ रन जोड्यो। उसका लागि ओपनिङ ब्याट्सम्यान जोनी वायस्टोले ९७ रन जोडे। शतक बनाउन तीन रनले चुकेका उनले ५५ बलमा ७ चौका र ६ छक्का हिर्काए।
ओपनर तथा कप्तान डेभिड वार्नरले ५२ रन जोडे भने केन विलियमसनले नटआउट २० रनको योगदान दिए।
वार्नर र वायस्टोबीच पहिलो विकेटका लागि १५.१ ओभरमा १६० रनको विशाल साझेदारी भएको थियो।
बलिङमा पञ्जावका रवी बिस्नोइले ३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट हात पारे।
२०२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाव १६.५ ओभरमा १३२ रनमै अलआउट भयो।
पञ्जावका लागि निकोशाल पूरानले ७७ रन जोडे। उनले ३७ बलमा ५ चौका र ७ छक्का हिर्काए। पञ्जावका अन्य ब्याट्सम्यान भने सस्तैमा आउट भए।
पञ्जावको इनिङ ध्वस्त पार्ने क्रममा हैदरावादका रासिद खानले घातक बलिङ गरे। उनले ३ विकेट हात पार्दा केवल १२ रन खर्चिए। ४ ओभरमा एक मेडन फ्याँकेका खानले चौका र छक्का दिएनन्।
खलिल अहमेद र टी नटराजनले पनि २-२ विकेट लिन सफल भए।
जितसँगै हैदरावाद ६ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। अंक तालिकाको पुछारमा रहेको पञ्जावले अहिलेसम्म ५ खेलमा हार बोहोर्दा एक खेलमा मात्र जित निकालेको छ।
आइपिएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।







आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया