लेउवा संघमा महासंघ उम्मेदवारको स्वागत

समाधान संवाददाता २०७७ असोज २३ गते ९:५०

समाधान संवाददाता, पोखरा

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि प्रत्यासीहरुले लेखनाथ उद्योग वाणिज्य संघ भ्रमण गरेका छन् ।

चुनावी सन्दर्भमा महासंघका उपाध्यक्ष किशोर प्रधान र केन्द्रीय सदस्य दिनेश श्रेष्ठले लेउवासंघमा बिहीबार आफ्ना धारणाहरु राखे ।

Advertisement

प्रधानले महासंघ र जिल्ला तथा नगर उद्योग वाणिज्य संघबीचको सम्बन्ध जीवन्त हुनुपर्नेमा जोड दिए ।

महासंघको मंसिर ११ र १२ मा हुने ५४ आंै वार्षिक साधारण सभा तथा चुनावका सिलसिलामा बिहीबार लेखनाथ उद्योग वाणिज्य संघलेस्वागत तथा सम्मान कार्यक्रम राखेका थियो ।

Advertisement

प्रधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघको माया र प्रेमले यसपटक महासंघमा आफ्नो नेतृत्व मागेको हुँदावरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने बताए ।

साना तथा मझौला उद्योग व्यवसायीहरुका समस्यप्रति आफू सजग रहेको उनले सुनाए ।

जीवनको २८ वर्ष महासंघमा लागेको अनुभवलाई सदुपयोग गरी व्यवसायीको हितमा लगाउने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य दिनेश श्रेष्ठले सबै व्यवसायीलाई केन्द्रीय तहसम्म पहुँच पु¥याउने अभियानमा लागेको सुनाए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले महसंघमा चुनावी एजेन्डा भन्दा पनि पैसा खर्च गरेर नेतृत्व लिने होड भइरहेको बताए । त्यसको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गोपीचन्द्र बास्तोलासञ्चालन र वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले बोलेका थिए ।

महासंघको ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशनका लागि लेखनाथ उद्योग वाणिज्य संघले पूर्वअध्यक्ष बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिँदै छन् ।

तपाईको प्रतिक्रिया