सुनको भाउ बढ्यो, तोलाकाे कति ?
समाधान संवाददाता
२०७७ असोज २५ गते १२:०३

समाधान संवाददाता
नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा साताको कारोबारको पहिलो दिन आइतबार बढेर तोलामा ९५ हजार ६०० रुपैयाँ पुगेको हो ।
तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यस्तै आइतबार चाँदीको भाउ पनि बढेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार चाँदी १२१९ रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ११९५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया