पोखरामा २८ सहित प्रदेशभर थप ३२ जनालाई कोरोना
समाधान संवाददाता
२०७७ असोज २५ गते १४:१७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ जिल्लाका ३२ जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका २८ जना छन् । स्याङ्जाको वालिङ नगरपालिकाका २, भीरकोट नगरपालिकाका १ र तनहुँको व्यास नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
योसहित प्रदेशभर संक्रमितको संख्या ४८ सय १ पुगेको छ । ३२ सय ८४ जना निको भएका छन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया