अन्नपूर्ण गाउँपालिकामा युवा संघको भेला

समाधान संवाददाता २०७७ असोज २५ गते १५:१६

समाधान संवाददाता, पोखरा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले कास्कीमा आफ्ना गतिविधि तिव्र पारेको छ ।

एकीकृत पार्टीका वडा वडामा कमिटि गठन र सपथ ग्रहणलाई तीव्रता दिइएको छ ।

Advertisement

भातृ संगठनहरुको एकता प्रक्रियाको कामलाई अगाडी बढाएको छ ।

नेकपा अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा नेकपा वडा कमिटीको आयोजनामा युवा संघ नेपालको भेला सम्पन्न भएको छ ।

Advertisement

भेलाले १५ सदस्यीय वडा समिति गठन गरेको छ । बाँकी ६ जना समितिले पार्टी कमिटीसंग परामर्श गरेर मनोनयन गर्ने भएको छ ।

समितिको संयोजकमा मनबहादुर गुरुङ, सहसंयोजकमा शिक्षा के.सीलाई चयन गरेको छ ।

सदस्यहरुमा विस्वदल गुरुङ, सुरेस गुरुङ, अनिस गुरुङ, सरोज गुरुङ, श्याम गुरुङ, बिशाल गुरुङ, किसन विक, दिपल विक, सन्दीप के.सी, रेशम पौडेल, बिमल के.सी, बुद्धिमान परियार, सुभास बिकलाई चयन गरेको छ ।

कार्यक्रम युवा संघ नेपालका नेता शिव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशेष अतिथि नेकपा अन्नपूर्ण गाँउकमिटि नेता विष्णु केसी, अन्नुर्ण गाँउ कमिटि सदस्य जमानसिंक केसी, नेकपा वडा सल्लाहाकार प्रमुख बलबहादुर केसी, वडा कमिटि अध्यक्ष कृष्ण केसी लगायतले बोलेका थिए ।

वडा कमिटि सदस्य सन्तोष गुरुङ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सागर पौडेल र स्वागत हरि के.सीले गरेका थिए ।

तपाईको प्रतिक्रिया