शिक्षामन्त्रीमा कोरोना संक्रमण पुष्टि

समाधान संवाददाता २०७७ असोज २५ गते १७:११

काठमाडौं

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ।

पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो।

मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए।

मन्त्री पोखरेलका अहिले पनि पाटन अस्पतालमै छन्।

Advertisement

शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया