मदन आश्रित प्रतिष्ठानमा वैरागी

समाधान संवाददाता
मदनआश्रित स्मृति प्रतिष्ठान कास्कीको प्रारम्भिक साधारणसभा भएको छ ।सभाले सर्वसम्मत रुपमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको अध्यक्ष दामोदर वैरागी उपाध्यक्ष प्रभा कोइराला, सचिव मीना गुरुङ, सहसचिव पुष्पराज तिमिल्सिना र कोषाध्यक्ष नन्दलाल शर्मा छन् ।
कार्यसमितिको सदस्यहरुमा रामप्रसाद खनाल, दिलीप न्यौपाने, झपट रानाभाट सन्तु सुवेदी, नवराज ओझा, इमानराज पौडेल, महेश्वर दवाडी, शिवप्रसाद आचार्य छन् ।
सदस्यमा गंगाबहादुर केसी, सुवास सापकोटा, विवेक देवकोटा, हरिबहादुर बरुवाल, राजेश गुरुङ, सुशीला थापा, बलराम आचार्य, जगन्नाथ तिमिल्सिना, चिनु सुनार, सूर्य गायक, चन्द्र शर्मा र राजेन्द्र पौडेल चयन भए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरेको कार्यक्रममा गण्डकी प्रदेश सभाका कृष्ण थापा, पोखरा महानगरपालिका वडा नम्बर १६का अध्यक्ष जीवन आचार्य,मातृशिशु अस्पताल विकास समितिका अध्यक्ष उषा बरुवाल, प्रतिष्ठानका संस्थापक अध्यक्ष अर्जुन थापा, संस्थापक सचिव नन्दलाल शर्मा, सहसचिव पुष्पराज तिमिल्सिना, संस्थापक कोषाध्यक्ष निरबहादुर थापा, गन्धर्र्व समाजका अध्यक्ष सूर्य गायक लगायतले बोलेका थिए ।
अध्यक्ष वैरागीले प्रतिष्ठानले पोखरा १६मा रहेको मदनआश्रित स्मृतिपार्कलाई पर्यटनको केन्द्रको रुपमा विकास गर्न योजनावद्ध ढंगले काम गर्ने बताए ।
कास्कीका रहेका मदन आश्रितका पार्क, प्रतीक्षालयहरुको संरक्षणको लागि काम गर्ने जानकारी दिँदै अध्यक्ष वैरागीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितले नेपालका कम्युनिस्ट र समाजवादी आन्दोलनमा गरेका योगदान र प्रतिपादित नविन विचारलाई चिरस्थायी बनाउन क्रियाशील रहने धारणा राखे ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया