पोखरामा जग्गा दिलाउने भन्दै सुकुम्बासी ठग्ने ५ पक्राउ

समाधान संवाददाता २०७७ असोज २६ गते १३:३५

समाधान संवाददाता, पोखरा

झुठ्ठा विवरण देखाई ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले जग्गा दिलाउने भन्दै सुकुम्बासीसँग पैसा उठाउने ५ जनालाई आइतबार पक्राउ गरेको हो ।

Advertisement

उक्त टोलीले पोखरा १४ भोटेचौताराका सुकुम्बासीहरुसँग ७ हजार रुपैयाँ उठाएको पाइएको छ ।

कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठका अनुसार रकम असुली गरेको अर्धकट्टि पनि फेला परेको छ ।

Advertisement

घटनाका विषयमा जानकारी दिन कास्की प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ ।

तपाईको प्रतिक्रिया