गण्डकीमा सल्कँदै कोरोना, थपिए १२६ संक्रमित

समाधान संवाददाता २०७७ असोज २६ गते १२:५५

समाधान संवाददाता, पोखरा

Advertisement

गण्डकी प्रदेशमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६ जिल्लाका १ सय २६ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ६१, कास्कीका २९, तनहुँका २६, बागलुङका ७, लमजुङका २ र स्याङ्जाका १ जना छन् ।

योहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४९ सय ७१ पुगेको छ । तीमध्ये ३३ सय १२ जना निको भएका छन् भने ४० संक्रमितको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया