संगम सहकारीको रक्तदान

समाधान संवाददाता २०७७ असोज २७ गते ९:४०

समाधान संवाददाता, पोखरा

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार गरेको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ ।

सहकारीको शिक्षा उप समितिको अग्रसरतामा भएको उक्त कार्यक्रमको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जीतेन्द्रमान शाक्यले पहिलो रक्तदाता सहकारीका सेयर सदस्य शोभा कुँवर क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरे ।

Advertisement

कार्यक्रममा शाक्यले हरेक १८ वर्ष पुगेका व्यक्तिहरुले पटक पटक रक्तदान गरेर बिरामी मानिसको ज्यान बचाउन अनुरोध गरे ।

आफूले ७० पटक रगत दिएको अनुभव सुनाउँदै उनले रगत दिएर कोहि पनि मानिस कमजोर नहुने बताए ।

Advertisement

सहकारीका अध्यक्ष नीरज थापाले केही समय अघिमात्र सहकारीको तर्फबाट माक्स, स्यानिटाइजर सहयोग गरी गाँसिएको कास्की रेडक्रससँगको साइनोमा फेरि रक्तदानमार्फत् भेट हुन पाउँदा खुसी लागेको बताए ।

रक्तदानमा अमेरिकी नागरिक देखि मुस्लिम समुदायका व्यक्तिले समेत सहभागिता जनाए ।

कार्यक्रममा सशस्त्र प्रहरी तालिम केन्द्र, लामापाटनबाट पनि रक्तदाताको सहभागिता थियो ।

कार्यक्रममा १५ जनाले पहिलो पटक रक्तदान गरेको संयोजक तीलक थापाले जानकारी गराए ।

रक्त सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रम शिक्षा उपसमिति सदस्य तुल गुरुङले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया