स्याङखोलामा मोटरेबल पुल

एसके थकाली, जोमसोम
बेनी—जोमसोम ७६ किमी सडकखण्ड अन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोम जोड्ने स्याङ खोलामा पक्की मोटरेबलपुलको निर्माण कार्य पुरा भएको छ ।
राष्ट्रिय गौरवको काली गण्डकी करिडार आयोजना अन्र्तगतको पक्की मोटरेबलपुल बने पछि गतहप्ता देखि सवारी साधन ओहोर दोहोर गर्न थालेका छन ।
प्रि—स्ट्रेस प्रविधि मार्फत पहिलो पटक निर्माण गरिएको मोटरेबलपुल बेनी जोमसोम कोरला सडककै पहिलो पुल भएको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए ।
तीन स्पानको पुलमा ४ वटा पिल्लर राखिएको छ । पुलको लम्बाई १ सय १५ मिटर र चौडाई ११ मिटर छ ।
मुक्तिनाथ श्रीगीता निर्माण जेभीले १० करोड ५२ लाख लागतमा पुल बनाएको हो ।
कालीगण्डकी करिडोर सुरुवात हुन पुर्व काम थालिएको पुल आयोजना सुरु भएपछि डिजाईन फेरिएको थियो । कम्पनीले २०७१ साल फागुन ९ गते पुल निर्माणको गरेको थियो ।
प्रि—सर्वे डिजाईन परिवर्तन, २०७२ सालको गोर्खाभुकम्प, भारतीय नाकाबन्दी र हिमपात लगायतका कारणले तोकिएको समयमा पुल पुरा हुन नसकेको ईञ्जिनीयर यादवले उल्लेख गरे ।
कम्पनीले कोरोना कहरको जोखिमका बावजुद मजदुर, उपकरण र निर्माण सामाग्री व्यवस्थापन गरी पुलको काम दशै अगावै सकेको ईन्जिनीयर यादवले बताए ।
स्याङखोला पक्की मोटरेबलपुल भएसंगै करिडोरमा ३ पुलको काम सकिएको हो । उपल्लो मुस्ताङ जोड्ने मुस्ताङ गेटको पक्की पुल पनि करिडोरकै सहयोगमा बनेको हो ।
आयोजना अन्र्तगत बारागुङ मुक्तिक्षेत्रको लुप्रा पान्डा खोला र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना घट्टे खोलाको पक्की पुल बनेको ईन्जिनीयर यादवले जानकारी दिए ।
निर्माण पुरा भएका ३ पुल करिडोरलाई हस्तान्तरणको चरणमा रहेको उनले बताए ।
उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजना अन्र्तगत मालढुंगादेखि कोरलासम्म ३८ मोटरेबल आवश्यकता पर्ने सूचना अधिकारी ईन्जिनीयर यादवले जनाए ।
तिमध्ये १६ पुलको काम निर्माणाधिन अवस्थामा रहेको छ । बाँकी २२ पुलको सर्वे तथा डिजाईनको क्रममा रहेका छन ।
आयोजनाको बेनीजोमसोम सडकमा ८ र जोमसोम कोरला सडकमा ८ पक्की मोटरेबल निर्माणाधिन अवस्थामा रहेको ईन्जिनीयर यादवले उल्लेख गरे ।
उनका अनुसार यसवर्ष कोरोना कहर, बाढी पैरो तथा हिमपात लगायतका कारणले सडक तथा पुलको काम न्यून मात्र प्रगति भएको छ ।
दशै अगाडी नै सप्तकोशी जलाधार कन्ट्रक्सनले मुस्ताङको कोवाङदेखि मार्फासम्म कालोपत्रे गर्ने प्रतिवद्धता गरेको भएता पनि कोरोना कहरको कारण काम हुन नसकेको उनले जानकारी दिए ।
राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक २०७४ सालदेखि सुरु भएको हो ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया