कांग्रेसको आगामी नेतृत्व

समाधान संवाददाता २०७७ असोज २८ गते १०:३७


राजेन्द्र थापा

झण्डै दुईतिहाई मतका साथ सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन जीर्ण शरीर लिएर सशक्त छन् । प्रतिपक्षमा रहेको कांग्रेस त्यसको तुलनामा निरीह र कमजोर छ । संसदमा प्रतिपक्ष दलको काम भनेको राम्रो काम गरेको खण्डमा रचनात्मक सहयोग र नराम्रा कामको लागि सशक्त प्रतिरोध, दबाब र आवश्यक पर्दा संशोधन प्रस्ताव दर्तादेखि सडक तताउन अग्रसर हुनुर्छ ।


नेपाली कांग्रेस मुलुकको समृद्धि, विकास, आम नेपालीको जनजिविकाको सबाल, समाजवादको वैज्ञानिक ढगंबाट परिभाषा, निजी क्षेत्रको दृष्टिकोण, समग्र नेपालको हितका बारेमा दृष्टिकोणसहित प्राथमिकताका आधारमा आउनुपर्दछ ।

Advertisement

तर अहिले कांग्रेस कुभ्भकर्ण जस्तै चिर निन्द्रामा सुतिरहेको छ । यसै पनि चिन्ता चिन्तनहीन सामदाममा रमाउने प्रवृत्तिका पार्टी सभापति शेरबहादुर देउवाको प्रत्येक क्रियाकलापप्रति प्रम केपी शर्मा ओलीलाई राम्रोसँग थाहा भएकोले कहाँ प्रहार गर्दा देउवा ठीक ठाउँमा आउँछन् त्यहि अनुसार आफ्नो रणनीतिक गोटी चाल्छन् ।

आन्तरिक कलह, बिग्रहमा नराम्रोसँग भासिएको लामो सत्ता राजनीतिमा रमाएको कांग्रेस चुनाव हारेर बाहिर नै छ । संसदभित्र रहेका नेताहरुको भूमिका पनि सशक्त देखिँदैन । चुनावमा तीन वटा तहमा नराम्रो रुपमा हारेको कांग्र्रेसले त्यसको सम्पूर्ण दोष देउवामाथि थुपारेर नेतृत्व हत्याउने एकथरीको रणनीति छ । नेतृत्व छोड्न त कता हो कता फेरि अर्को कार्यकाल पनि पार्टी सभापति बन्ने देउवाको महत्वकांक्षाको परस्पर द्वन्द्वले विवाद चाहिँ हुन थालेको छ । कांग्र्रेस सुर्धानका लागि अनेक अभियान चलाउने युवा नेताहरु कहिले एकै ठाउँमा भेला भएजस्तो गरे पनि आफ्नो स्वार्थको लागि तितरबितर देखिन्छन् । बिपीको समाजवाद राष्ट्रियता, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र बोकेर हिँडेको नेपाली कांग्र्रेसले समय, परिस्थिति र रणनीतिलाई नबुझेर कम्युनिस्ट र विदेशी शक्तिको लहैलहैमा लागेको छ ।

Advertisement

फोस्रो आश्वासन र चिप्ला कुराको विश्वासमा परेर सत्ताको लोभमा आफ्ना सम्पूर्ण शस्त्र अस्त्र जिम्मा लगाइदिएपछि नदीको किनारमा मिल्काइदिए कम्युनिस्टहरूले । त्यहाँबाट उठन सक्ने सामर्थ राख्छ कि राख्दैन त्यो मूल प्रश्न छ । तर पार्टी सभापतिमा देउवा अगामी कार्यकाल दोहोरिएको खण्डमा सम्पूर्ण विचार सिद्धान्त ढलेर कांग्रेस मृत्युशड्ढयामा पुग्नेछ ।

जसरी फलाममा खिया लागेर फलाम नै ध्वस्त भएझैं पुराना निष्ठावान, बुद्धिजीवीहरु शेरबहादुर देउवाको नेतृत्वलाई अस्वीकार गरी पार्टी छोडनेहरुको जमात ठूलै हुनेछ । जतिपटक देउवाले सत्ता सचालन गरे त्यति पटकनै गल्ती कमीमजोरी गरे । शेरबहादुर देउवाको सत्ता सञ्चालनमा के कमजोरी रह्यो भने योग्यता क्षमता दक्षताभन्दा उठ्तीपुठ्तीलाई जीवन पद्धति बनाउने, सुरासुन्दरीहरुसँग रमाउने व्यक्तिहरुसँग संगत गरेर प्रजातन्त्रप्रति आस्थावान व्यक्तिलाई पाखा लगाउने काम भएको छ ।

इमानदार कर्मचारीहरुलाई पाखा लगाउने काम भएको छ । सरल स्वाभिमान चरित्र बोकेका रत्न शमशेरलाई हटाई आफ्नै भेगका व्यक्तिलाई आइजिपी बनाए देउवाले ।

सम्झोैता, स्थिति परिस्थितिको मूल्यांकन गरेर काम लिनका लागि आवश्यक परे प्रहरी जवानसँग बसेर मदिरामा रमाउने सर्वेन्द्र खनाललाई आइजिपी बनाउने वातावरण तयार गरेकै कारण ज्येष्ठता, दक्षता लगनशील र नेपाल प्रहरीमा छुट्टै परिचय बनाएका रमेश खरेलहरु द्रव्यको कारणले पछाडि परे ।

संगठनलाई नै कमजोर बनाउन उद्धत प्रकाश अर्याल प्रहरी महानिरीक्षक र लोकदर्शन रेग्मी गृहसचिव हुँदै मुख्यसचिव बनाइएबाट धेरै निजामती कर्मचारी र प्रहरीको मनोबल खस्किन पुग्यो । नेकपा एमाले र माओवादी मिल्दैछन् भन्ने सूचना समेत नपाउने गृहसचिव र प्रहरी महानिरीक्षकको सूचना संकलनमा प्रभाव र क्षमतामाथि प्रश्रन चिन्ह लागेको थियो त्यतिबेला नै । यस्ताे बेलामा समेत कांग्रेस प्रतिक्रियाविहीन अवस्थामा बस्याे ।

अबको नेतृत्व कस्तो ?
करिब ४ वर्ष गुज्रिएर १ वर्षको कार्यकाल समाप्त हुँदै जाने गर्दा कोरोनाको कहरका कारण केही ढिलो भए पनि महाधिवेशन गर्नुपर्नै वैधानिक व्यवस्थाले गर्दा कांग्रेस महाअधिवेशन ढिलोमा २०७८ जेठसम्म हुनेछ ।

लामो समयसम्म त्याग तपस्या गरेको, पार्टीमा लागेर कपाल फुलेको भन्दै पुन नेतृत्वमा आउन खोज्छन् भने त्यस्तो परम्परालाई तोड्न सक्नुपर्दछ युबा पुस्ताले । अबको नेतृत्व भनेको विषयमा विशेषज्ञ प्रखर वक्ता र समस्या समाधान गर्नै खालको र प्रतिस्पर्धाबाट नै भविष्य सुरक्षित देख्ने व्यक्ति नेतृत्वमा आउनुपर्दछ ।

अहिले नेपाली कांग्रेसमा के विकृति छ भने ठूलो रुखको छहारी र ठूलो नेताको ओत नलागी भविष्य सुरक्षित हुन्न भन्ने गलत मान्यता बसेको छ तल्लो तहका कार्यकर्ताहरुसम्म ।

नीति योजना निर्माण, सांगठानिक वैचारिक पक्षमा मार्गचित्र कोर्न सक्ने र सांगठानिक क्षमताले मिलेका नेकपालाई प्रहार गर्न सक्छ कि सक्दैन त्यस्तो व्यक्तिको खोजीमा छ नेपाली कांग्रेस । बिपी कोइरालाले समाजवादको मोैलिक व्याख्या गर्नु भएको थियो तर मोैलिक व्याख्या आजको सन्दर्ममा उपयुुक्त छ वा छैन ? आजको सन्दर्भमा उपयुुक्त हुने मोैलिक व्याख्या केहो त ? सैद्धान्तिक कार्यशैलीको पक्षमा कांग्र्रेसले परिवर्तन गर्न सक्नुपर्दछ । एउटा कार्यकर्ता र नेताबीचको कस्तो व्यवहार हुनुपछए ? नेतृत्व र जनताबीचको कस्तो व्यवहार हुनुपर्छ ? मुलुकलाई कस्तो सन्देश दिनुपर्दछ ? यी यावत विषय सन्दर्भमा कांग्रेस चुकेको छ ।

गुट उपगुटभन्दा पनि सार्मथ्य क्षमता र नीति तथा कार्यक्रमलाई आफ्नो लक्ष्य बनाउँदै प्रतिस्पर्धात्मक आधारमा विपक्षीहरुलाई सैद्धान्तिक रुपमा प्रहार गर्नै सक्ने अदभूत क्षमता भएको व्यक्ति चाहिन्छ । विपक्षयलाई बल गोल पोस्टबाट भित्र छिरेपछि थाहा होस फुटबल आएको ।

अब नेपाली कांग्रेसले के गर्नुपर्दछ
अब नेपाली कांग्रेसले मुलुकको समृद्धि, विकास, आम नेपालीको जनजिविकाको सबाल, समाजवादको वैज्ञानिक ढगंबाट परिभाषा, निजी क्षेत्रको दृष्टिकोण, समग्र नेपालको हितका बारेमा दृष्टिकोणसहित प्राथमिकताका आधारमा आउनुपर्दछ । यसका लागि काबिल नेतृत्वले विश्वबाट लोप भएको कम्युनिस्टहरू हाल नेपालमा सत्ताको रजगजमा रमाइरहेकाहरुलाई सैद्धान्तिक रुपबाट नै अगामी चुनाबमा पछाडि पार्न सक्नुपर्छ ।


जेजस्तो हालतमा भए पनि सबल सक्ष्यम बनाई सत्ता राजनीतिलाई आफ्नो पकडमा राख्न सक्ने, गुटउपगुटभन्दा पनि सिंगो कांग्रेसमा रमाउन सक्ने, व्यक्तिको दम्भलाई त्याग र तीलान्जली दिने, पदलोलुपता र सत्तालिप्सा कत्ति पनि नदेखाउने नेतृत्व आउनुपर्छ । आफ्नो स्पष्ट भिजन मिसन सफा भएको जसमा कसैसग सम्झोैता नगर्ने, कांग्रेसको विषयमा कसैले भ्रम छर्छ भने त्यसलाई तुरुन्तै चिर्दै जनजनमा विश्वास जगाउन सक्ने, बिना पद पनि आफ्नो कोैशल देखाउने र नेतृत्व लिन सक्ने र कार्यकताको भावनालाई सदैव शिरोपर गरेर हिँड्न सक्ने, मिडियामैत्री, सबैको भावनालाई उच्च सम्मान दिनसक्ने क्रियाशीलता, लगनशीलता र योगदानलाई बुझ्न सक्ने व्यक्तिलाई नेतृत्वमा ल्याउन सक्नु पर्दछ ।

होइन भने फेरि पनि आएको यो मोैका इतिहासले कांग्रेसलाई कदापि दिने छैन । कम्तीमा पनि यति कुरामा कांग्रेसका कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि र माहधिवेशन प्रतिनिधिले विचार पु¥याउने हो भने फेरि पनि कांग्रेसलाई नेपालको पहिलो र ठूलो पार्टी बन्नेबाट कसैले रोक्न सक्ने छैनन् ।

निर्विकल्प को त ?

विश्व राजनीतिमा देखापरेको कतिपय व्यक्तिका चिन्तन र क्रियाकलापलाई हेरेर पनि देश दल युग र त्यसको आवश्यकता आँकलन गर्नै सकिन्छ । नेपाली कांग्रेसले इतिहासमा नाम कमायो । तर वर्तमानमा नराम्रोसँग गनायो । पैसा नाता गोता र सुकी सिक्रीले नेपाली कांग्रेस आज पक्ष्यधात जस्तो निकाम्मा भएको छ । विकार विकृति, आर्थिक तथा पदीय स्वार्थले गाँजेको कांग्रेसलाई यी सबै कुराबाट मुक्त गरेर पहिल्यकै अवस्थामा पु¥याउन कठोर निर्णय लिन सक्ने क्षमता आजको विश्वलाई राम्ररी नियालेर विश्लेषण गरेर देश जनता र आफूले अवलम्बन गरेको राजनीतिक पद्धतिको आर्दश विचलित र विपरीत नहुने गरी उपयुक्त समयमा उपयुक्त निर्णय लिन सक्ने नेतृत्व चाहिन्छ ।

रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरु अब अवस्था उमेरले पनि सम्मानजनक रुपमा अभिभावकको भूमिकामा बस्दा राम्रो हुन्छ । निधि र प्रकाशमान सिंहले कम्युनिस्टको रणनीतिक उपायहरू बुझ्देैनन । कृष्ण सिटोैला स्वमं आफू गृहमन्त्री हुँदा आफ्नो चुनाब क्षेत्रमा पराजित भएको व्यक्ति सम्रग रुपमा कांग्रेस हाँक्न सक्दैनन् । जुवामा च्याँखे थापेर १/२ वटा केन्द्रीय सदस्यमा मोलमोलाई गर्नै व्यक्ति हुन् उनी ।

अहिलेसम्म कुनै पनि पदमा बसेर काम नगरेका लामो अनुभव भएका अहिले शेखर कोइराला छन् भने ४ वर्ष महामन्त्री बनेर पनि भद्रता, शालीनता, सहनशीलता र सबैको राम्रो बन्न सक्ने वैयक्तिक गुण र आनुवांशिक विरासत पनि डा. शशांक कोइरालातिर पनि धेरैका आँखा ओच्छिएका हुन सक्छन् ।

तर उनको शालिनता र सोैभ्य स्वभाव, गल्तीमा पनि कमजोरी नदेखाउने, चुपचाप सहने, उनको स्वभाव अनुहार हाउभाउले कम्युनिस्ठहरुलाई सैद्धान्तिक र वैचारिक रुपमा प्रहार गर्न नसक्ने कारणले गर्दा उनी नेतृत्वका लागि काबिल छैनन् भन्न सकिन्छ ।

माओवादीलाई वार्ताको टेबुलमा ल्याउनका लागि युगपुरष गिरिजाबाबुले विश्वास गरेको, देशको सम्पूर्ण भोैगोलिक अवस्थाका बारेमा जानकारी, सम्पूर्ण कार्यकर्ताको मन र विश्वास जितेका डा. शेखर कोइरालाई अबको महाधिवेशनमा अगाडि बढाउनुपर्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कुटनीतिक सम्बन्ध राम्रोसँग स्थापित गर्न सक्ने, सैद्धान्तिक र वैचारिक रुपबाट नेपालका कम्युनिस्टहरूलाई छातीमा प्रहार गर्न सक्ने डा. शेखर कोइरालाको नेतृत्वमा युवाहरुको जोश र जागरलाई पार्टी तथा देश निर्माणमा ल्याउने गरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनले निर्णय गर्नुपर्दछ । यदि कुनै प्रकारले यसो भएन भने नेपाली कांग्रेस बोैद्धिक समुदाय, किसान मजदुर पत्रकार तथा विधिको सर्वोच्चता चाहनेहरु निराश बन्ने छन् । पार्टी सदाका लागि राष्ट्रिय कांग्रेसको भूमिकामा पुग्ने छ । एकादेशमा यो देशमा नेपाली कांग्रेस थियो भन्ने इतिहासको पानामा सिमित हुनेछ ।

तपाईको प्रतिक्रिया