बाग्लुङका कोरोना संक्रमितको चरक मेमोरियलमा मृत्यु
समाधान संवाददाता
२०७७ असोज २८ गते १७:५४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । चरक मेमोरियल अस्पतालमा उपचाररत बाग्लुङ नगरपालिका २ का ७७ वर्षीय कोरोना संक्रमितको बुधबार मृत्यु भएको हो ।
उनको मध्यान्न १२ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
ती पुरुष २५ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया