स्पिड ब्रेकर हटाइने

समाधान संवाददाता २०७७ असोज २९ गते ११:२०

रामशरण नेपाली, लेखनाथ

पोखरा महानगरपालिका ३० का सडकहरुमा मापदण्ड विपरीत जथाभावी बनाइएका स्पिड ब्रेकर हटाइने भएको छ ।

स्पिड ब्रेकर हटाउने क्रममा खाल्डाखुल्डी समेत पुरिने नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

Advertisement

वडा कार्यालयको आर्थिक सहयोगमा शिशुवाको चोखीमाटीचोकमा बुधबार जेसिबी लगाएर अभियान सुरु गरिएको होे ।

अध्यक्ष ओझाले दसैं तिहार लगायत चाडपर्वको समयमा वडालाई सुन्दर र सम्भावित दुर्घटनाबाट जोगाउनका लागि अभियान थालिएको बताए ।

Advertisement

पहिलो चरणमा जेसिबी लगाएर स्पिड ब्रेकर भत्काउने जानकारी दिँदै उनले दोस्रो चरणमा आरएमसीको प्रयोग गरी बाटोमा परेका खाल्डा खुल्डी पुरेर यातायात सुविधालाई सहज बनाउने उल्लेख गरे ।

कार्यक्रममा वडा सदस्य सोमलाल कँडेल, गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक वेदनाथ भण्डारी, युवा परिचालन उप समितिका संयोजक भुमण्डल ताम्राकार, नेकपा वडा नम्बर ३० का अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाली काग्रेस वडा इकाई सभापति निरलाल तझ्या लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया