नयाँ ३ मन्त्रीले लिए सपथ
समाधान संवाददाता
२०७७ असोज २९ गते १२:२१

समाधान संवाददाता, काठमाण्डाैं ।
बुधबार मन्त्री नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री मण्डल पुनर्गठन भएकाे थियाे । जस अनुसार विष्णु पाैडेललाई अर्थ, कृष्णगाेपाल श्रेष्ठलाई सहरी विकास र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीका रुपमा नियुक्त गरिएकाे थियाे ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया