फेवाताल जोगाउन एकीकृत योजना आवश्यक

समाधान संवाददाता, पोखरा
फेवातालको आयु बढाउन उच्च वर्षात् र फेवा जलाधार क्षेत्रको कमजोर भूबनौटलाई मध्यनजर गर्दै एकीकृत योजना बनाउन विज्ञहरुले सुझाव दिएका छन ।
जलाधार क्षेत्रको करिब ६४ प्रतिशत भूभाग भूक्षयको सम्भावित क्षेत्र भएको उल्लेख गर्दै उनीहरुले बाढीपहिरो, खोला किनारा कटान र थेग्रीकरणले बर्सेनि ताल पुरिने क्रम बढेको बताए ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख रामसिंह थापाले जलाधार क्षेत्रबाट झरेको ग्रेगानलाई समयमा रोक्न नसके ताल बगरमा परिणत हुन बेर नलाग्ने बताए ।
‘१ सय २३ वर्गकिमीको फेवाजलाधार क्षेत्रमा प्रतिवर्ष प्रतिहेक्टर १७ दशमलब ३७ घनमिटरको दरले ग्रेगान भूक्षय हुने गरेको छ,’ उनले भने, ‘समग्र जलाधारक्षेत्रबाट प्रतिवर्ष १ लाख ७५ हजार देखि २ लाख २५ हजार घनमिटर गेग्रान थुप्रने गरेको छ ।’
उनका अनुसार खुकुलो भूबनोट तथा अत्यधिक वर्षातको कारण हर्पन अंधेरी लगायतका सहायक खोलाहरुले बगाएर ल्याउने ढुंगा माटोले ताल पुरिदै गएको छ ।
बढ्दो बसोवास र जनसंख्या, संरक्षण सोंच विनाका विकासकार्यले फेवातालको क्षेत्रफल र आयातन घट्दै गएको उल्लेख गर्दै उनले सेतीनहर, बुलौदी, फिर्के खोलाबाट हुन प्रदुषण तथा ढलको उचित व्यवस्थापन हुन नसक्दा ताल प्रदुषित बन्दै गएको बताए ।
फोहोरमैला र मलिलो माटोको कारण जलकुम्भी लगायतका झारहरुको प्रकोप बढेर ताल कुरुप भएको उनले उल्लेख गरे ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाले खहरेखोला लौरुकमा बनाएको सिल्ट्रेसन ड्याम यो वर्ष नै भरिएको जानकारी दिँदै उनले ढलको उचित निकास गर्न नसके १२ देखि १५ वर्षमा फेवा वागमती जस्तै प्रदूषित हुने दाबी गरे ।
उनले फेवाताललाई जोगाउन प्राकृतिक र मानवीय अतिक्रमण रोक्न पर्ने उल्लेख गरे ।
फेवातालको अतिक्रमण उच्च स्तरीय छानबिन समितिका संयोजक तथा भू तथा जलाधार संरक्षण समिति सदस्य विश्वप्रकाश लामिछानेले २२ हजार रोपनी क्षेत्रफल भएको फेवाताल १० हजार रोपनीमा संकुचित भएको बताए ।
फेवा जलाधार क्षेत्रको उपल्लो तटीय क्षेत्रको विकास विना तालको विकास नहुने दावी गरे ।
पानी फोहोर हुन नदिन मुहान फोहोर हुन नदिने योजना चाहिने उल्लेख गर्दै उनले पञ्चासेदेखि साना खोलाहरुमा चेकड्याम, कृत्रिम पोखरी बनाएर तालमा शुद्ध पानी पठाउने व्यवस्था गर्नु पर्ने बताए ।
उनले उपल्लो तटीय क्षेत्रको विकासको लागि हर्पन भ्याली परियोजना चलाउनु पर्ने प्रस्ताव गरे ।
ताल संरक्षण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. अनुप गुरुङले फेवा जलाधार क्षेत्रका जनताको राय सुनेर संरक्षित क्षेत्रको योजना बनाउने बताए ।
फेवा जस्तो प्राकृतिक ताल विश्वमै नभएको उल्लेख गर्दै उनले सरोकारवाला सबै मिलेर ताल जोगाउन पर्ने धारणा राखे ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जलाधार क्षेत्रको व्यवस्थापन विना फेवातालको संरक्षण नहुने बताए ।
जलाधार व्यवस्थापन केन्द्र गण्डकी पोखराले शनिबार पोखरा २३ ठूलाखेतमामा राखेको कार्यक्रममा अध्यक्ष क्षेत्रीले जनप्रतिनिधिले जलाधार क्षेत्रका जनताको राय संकलन गरी संरक्षित फेवाजलाधार क्षेत्र घोषणा गर्ने बताए ।
पोखरा महानगर वडा नम्बर २३ का अध्यक्ष विष्णुप्रसाद पराजुली, नेकपा वडा नम्बर २३ का अध्यक्ष चेतबहादुर क्षेत्री, नेपाल रेडक्रस सोसाइटी उपशाखा २३ का अध्यक्ष भुवानीप्रसाद अधिकारी लगायतका वक्ताले फेवाताल संरक्षण बारेमा बोलेका थिए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया