गण्डकीमा बिहानै थपिए ७८ संक्रमित
समाधान संवाददाता
२०७७ असोज ३० गते ९:५९

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार बिहानै गण्डकीमा ७८ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा नवलपरासीका ३८ जना रहेका छन् ।
यस्तै कास्कीमा १९, बागलुङमा ७, तनहुँमा ६, गोरखामा ५ तथा लमजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३४ पुगेको छ । तीमध्ये ३ हजार ४ सय ८८ जना निको भएका छन् ।



सम्बन्धित
तपाईको प्रतिक्रिया