गण्डकीमा कोरोनाले सशस्त्र प्रहरीको मृत्यु
समाधान संवाददाता
२०७७ असोज ३० गते १३:०१

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । बागलुङका २५ वर्षे पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
ढोरपाटन नगरपालिका २ का ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो ।
ती पुरुष सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए । सुरक्षाकर्मीको मृत्यु भएको प्रदेशमा यो पहिला घटना हो ।
योसँगै गण्डकीमा मृतक संख्या ४८ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया