झलनाथ खनाल डिस्चार्ज

समाधान संवाददाता २०७७ असोज ३० गते १७:४७

काठमाण्डाैं, रासस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किनुभएको छ ।

उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहनुभएका पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

Advertisement

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया