ब्लडबैंक निर्माणमा प्रदेश सरकारको सहयोग

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सरकारले नेपाल रेडक्रस सोसाइटी कास्कीको प्रदेशस्तरीय रक्त सञ्चार सेवासहितको बहुउद्देश्यीय भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
भवन निर्माणका लागि संघीय सरकारले १ करोड र पोखरा महानगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको रेडक्रस सोसाइटी कास्कीका उपसभापति तथा भवन निर्माण समितिका संयोजक डण्डराज शर्माले जानकारी दिए ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नयाँ बन्दै गरेको भवनको निरीक्षण तथा अनुगमन गरेका छन् । मन्त्री गुरुङले आगामी दिनमा समेत भवन निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले भवन निर्माणको प्रगति विवरण पेस गरेका थिए ।
भवन निर्माण समितिका संयोजक शर्माले घटी घटाउमा ८ करोड ३२ लाख १३ हजार ७ सय ५८ को लागत भवन बन्न लागेको जानकारी दिए ।
२०७६ फागुनमा सम्झौता गरेको सिद्धार्थ कन्ट्रक्सन प्रालिले काम थालेको २४ महिनाभित्र भवन बुझाउनुपर्ने छ ।
अहिलेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर रामघाटको विकल्पमा सिर्जनाचोकमा अन्डरग्राउन्ड पार्किङसहित ३ तले भवन सुविधा सम्पन्न भवन बनाउन थालिएको छ ।
अपांगमैत्री लिफ्टसहितको ब्लड बैंकको मूल भवनबाट प्रदेशस्तरको सेवा प्रदान गरिने निर्माण समिति संयोजक शर्माले जानकारी दिए । ‘भवन बनाउन रेडक्रसको आन्तरिक स्रोत छैन,’ संयोजक शर्माले भने, ‘कास्कीका सबै गाउँपालिका, सामाजिक संघ संस्था तथा सहकारीलाई आर्थिक सहयोगका लागि पत्राचार गरेका छौं ।’
उनले भवन निर्माणको लागि अहिलेसम्म १ करोड ७५ लाख आर्थिक संकलन भएको जानकारी दिए । भवन निर्माणको काम तीव्र गतिमा भइरहेको उल्लेख गर्दै उनले सबैको सद्भाव र सहयोग रहेकोले भवनका लागि रकम अभाव नहुने विश्वास व्यक्त गरे ।
ब्लड बैंकले गण्डकी प्रदेश, काठमाडांै र चितवनमा समेत गरी वार्षिक २५ हजार युनिट रगत उपलब्ध गराउँदै आएको छ । ब्लड बैंकले ज्येष्ठ नागरिक, असहाय, विपन्नलाई सेवा शुल्क छुट दिंदै आएको छ ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया