गण्डकीमा आज थपिए ७६ संक्रमित, कास्कीमा धेरै
समाधान संवाददाता
२०७७ कार्तिक १ गते १३:००

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा ७६ जना कोरोना संक्रमित थपिएका छन् ।
चितवन र पोखराका ल्याबमा गरिएका परीक्षणमा ८ जिल्लामा आज ७६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ ।
आज थपिएका संक्रमितमध्ये ५३ जना कास्कीका छन् । गोरखामा ९, नवलपरासीमा ५, तनहुँमा ३, स्याङ्जा र बागलुङमा २/२, लमजुङ र म्याग्दीमा १/१ संक्रमित थपिएका छन् ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।
तीमध्ये ३ हजार ५ सय १० जना निको भएको निर्देशनालयले जनाएको छ । अहिलेसम्म ४९ संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा कास्कीका १४, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया