पोखराकी ५६ वर्षे संक्रमितको प्रिआइसोलेसनमा मृत्यु

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
पछिल्लोपटक शुक्रबार राति पोखरा महानगरपालिका ३ बस्ने ५६ वर्षीया महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रिआइसोलेसनमा मृत्यु छ ।
मृत्युपछि शनिबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले जानकारी दिए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई प्रिआइसोलेसनमा राखिएको थियो । त्यहीँबाट स्वाब संकलन गरेर पठाइयो ।
स्वाब संकलन गरेकै दिन शुक्रबार राति उनको मृत्यु भयो । शनिबार दिउँसोमात्रै कोरोना पोजेटिभ भएको रिपोर्ट आयो ।
ती महिलामा निमोनिया, उच्च रक्तचाप र श्वासप्रशवासको समस्या थियो ।
योसहित कास्कीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
कास्कीबाहेक नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
गण्डकीमा ५६ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३५ सय १० जना निको भएका छन् ।
तपाईको प्रतिक्रिया