गण्डकीमा थपिए ५७ संक्रमित, कुन जिल्लाका कति ?
समाधान संवाददाता
२०७७ कार्तिक २ गते ११:२०

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा आइतबार ५७ संक्रमित थपिएका छन् । प्रदेशका ६ जिल्लामा ५७ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा नवलपरासीका २४, तनहुँका १६, कास्कीका ८, स्याङ्जामा ५, गोरखामा ३, लमजुङमा १ जना छन् । सबै कन्ट्याक्ट ट्रेसिङबाट फेला परेका हुन् ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९० पुगेको छ । ३ हजार ४ सय ८८ जना भने निको भएका छन् । अहिलेसम्म ५० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीका १४, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया