चाडपर्वमा गण्डकीका ६५ स्थानमा चेकिङ गरिने

समाधान संवाददाता, पोखरा
दसैं तिहारमा सडक सुरक्षा लक्ष्य गरी गण्डकीमा २ सय ८५ जना ट्राफिक प्रहरी परिचालन हुने भएका छन् ।
चाडपर्वका बेला हुनसक्ने सडक दुर्घटना, ठगी, मादक पदार्थ सेवन गरी सवारी हाँक्न नदिन गण्डकी प्रदेश ट्राफिक कार्यालयले चाडपर्व सुरक्षा योजना सार्वजनिक गरेको छ ।
उक्त योजनामा प्रदेशका ११ वटै जिल्लामा २ सय ८५ ट्राफिक खटिने उल्लेख छ ।
प्रदेशका ६५ स्थानमा पिकेट ड्युटी गर्न १ सय ३० जना प्रहरी खटिने छन् । ३१ स्थानमा विशेष चेकिङ गरिने जनाइएको छ ।
सडक दुर्घटनाका घटना भएमा तत्कालै खटिने मोबाइल टिम समेत गराइएको छ । उक्त टोली ५४ जनाको छ । विपत उद्धारको कार्यमा ५६ जनाको १२ टोली रहने छ ।
प्रदेशका नाका तथा जिल्लाका मुख्य ठाउँगरी १९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा २÷२ जनाका दरले ३८ जना ट्राफिक प्रहरी खटिएका छन् ।
गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार कोरोना भाइरससम्बन्धी सरकारका मापदण्ड पालना गराउने उद्देश्यले सहायता कक्षमा ट्राफिक राखिएका छन् ।
सार्वजनिक सवारी साधनमा सरकारले तोकेको भाडादर लागु गराउन पनि आफूहरुले अनुगमन गरिरहेको कार्कीले बताए ।
कार्कीका अनुसार मुख्य राजमार्गमा दुर्घटना भए कम्तीमा १० मिनेटमा उद्धारमा संलग्न हुने व्यवस्था मिलाइएको छ ।
ट्राफिक कार्यालयले यात्राका दौरान सार्वजनिक सवारीमा बढी भाडा मागे ट्राफिक हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया