गण्डकीमा थपिए ५६ संक्रमित
समाधान संवाददाता
२०७७ कार्तिक ३ गते ९:१३

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा सोमबार ५६ संक्रमित थपिएका छन् ।
प्रदेशका ७ जिल्लामा ५६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका २५ जना, नवलपरासीका १७ जना, तनहुँ र स्याङ्जाका १०/१० जना, गोरखा, लमजुङ, बागलुङका १/१ जना थपिएका हुन् ।
यससँगै गण्डकीमा कुल कोरोना संक्रमित ५ हजार ७ सय ९७ पुगेको छ भने ३ हजार ४ सय ९९ जना निको भएका छन् ।
५१ संक्रमितको भने ज्यान गएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया