नेकपा सांसदले पनि दसैँ भत्ता फिर्ता गर्ने
समाधान संवाददाता
२०७७ कार्तिक ३ गते १५:३५

काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले दसैँ भत्ता फिर्ता गर्ने भएका छन्।
कोरोना महामारीका बेला सांसदहरुले दसैँ भत्ता लिएको भनेर चौतर्फी आलोचना पछि नेकपा सांसदले फिर्ता गर्ने भएका हुन् ।
सांसदहरुले व्यक्तिगत रुपमा भत्ता फिर्ता गर्न लागेपछि नेकपाले संस्थागत रुपमै निर्णय गर्ने भएको हो।
भत्ता राज्य कोषमै फिर्ता गर्ने कि कोरोना कोषमा हन्तातरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । संसदमा नेकपाका २२० जना सांसद छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया