आज राति उल्कावर्षा देखिने

समाधान संवाददाता
आज राति आकाशमा मृघशिरा उल्कावर्षा हुने भएको छ। आज राति उल्कावर्षा अध्याधिक मात्रामा देखिने नेपाल एष्ट्रोनोमिकल सोसाईटीले जनाएको छ।
पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्।
प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्का वर्षाहरू हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरूका कारण हुने गर्छ।
आजको उल्का वर्षाको स्रोत ओरायन मृघशिरा तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘ओरियनिड मिटियर सावर’ वा ‘मृघशिरा उल्कावर्षा’ नाम दिइएको हो।
अक्टोबर २ देखी मृघशिरा उल्कावर्षा सक्रिय भएको हो। यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ।
उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि भने आज राति हुनेछ। नेपाली समय अनुसार आज ९ अक्टोबर २०२० राति १०ः ४५ देखि मृघशिरा उल्कावर्षा सुरू हुनेछ।
भोलि बिहान ५ः ४५ बजे सम्म मृघशिरा उल्कावर्षा देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम हुने छ ।
अत्यधिक उल्का वर्षाको बेला प्रति घण्टा १५ वटासम्म उल्का देखिने अनुमान गरिएको छ।
ती उल्का वर्षाहरूको गति प्रति सेकेण्ड ६७ किलोमिटर सम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने गर्छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया