गण्डकीमा कांग्रेस सांसदले फिर्ता गरे दसैं भत्ता

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका सांसदहरुले दसैं खर्च फिर्ता गरेका छन् । कांग्रेस संसदीय दलको मंगलबार पोखरामा बसेको बैठकले दसैं खर्च फिर्ता गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले बताए ।
मुलुक कोरोनाको महामारीमा परेको संघ सरकारले उपचार गर्न सक्दिन भनेर हात उठाएका बेला नागरिकको चित्त दुखाएर दसैं खर्च खान उचित नहुने भएकाले यस्तो निर्णय गरिएको प्रमुख सचेतक शर्माले बताए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसका १५ सांसद छन् ।
कांग्रेस सांसदले कोरोना महामारीको अवधिभरको यातायाता खर्च नलिने निर्णय यसअघि नै गरेका थिए ।
कांग्रेस सांसद एवं सार्वजनिक लेखा समिति सभापति कुमार खड्काले असोज मसान्तसम्म यातायात सुविधा समेत नलिने भन्दै गाडी र चालक प्रदेश सभा सचिवालयलाई बुझाएका छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया