म्याग्दीलाई संकटग्रस्त क्षेत्रमा राख्न सुझाव

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा यो वर्ष वर्षाले ठूलो क्षति पु-यायो । १ सय २६ जनाको मृत्यु भयो । २३ जना अझै बेपत्ता छन् । सयौं घरबारविहीन भए । कति त अझै पनि जंगल र स्कुलमै रात बिताउन बाध्य छन् ।
गण्डकीका ११ मध्ये बागलुङ र म्याग्दीमा सबैभन्दा बढी क्षति भयो । संघ सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त जिल्ला घोषणा ग-यो ।
बस्तीका बस्ती पहिरोमा परेका म्याग्दी जिल्लालाई सरकारले समेटेन । यसको चर्कै विरोध भए पनि संघ सरकारले टेरेको छैन ।
गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले म्याग्दीलाई पनि विपद संकटग्रस्त जिल्ला घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
गत आइतबार बसेको बैठकले म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
यसैगरी, मन्त्रिपरिषद बैठकबाट प्रदेशस्तरीय अपांगता निर्देशक कार्यविधि २०७७ पारित भएको छ । यो कार्यविधि अनुरुप समिति बनाइएको छ ।
मन्त्री बस्नेतका अनुसार सामाजिक विकास मन्त्रीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया