पवित्र सहकारीको सेयर पुँजी ६ करोड

समाधान संवाददाता
पवित्र बचत तथा ऋण सहकारीको नवौं साधारण सभा भएको छ ।
संस्थाका सल्लाहकार चन्द्र रानाभाटले सहकारी सम्मान, समानता र सहकार्यको माध्यमबाट अगाडि बढेको बताए ।
उनले सहकारी सहकार्यको माध्यम भएकाले जातीय एकता बढाउन मात्र नभएर व्यापार व्यवसाय बढाउन पनि सार्थक र साझेदार बनेको उल्लेख गरे ।
सभामा बोधराज रानाभाट, राजेन्द्रकुमार रानाभाट, मीनबहादुर रानाभाट, श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट लगायतले सहकारीसँगको बन्धुत्वको साझेदारीसँगै समन्वय बढाएको बताए ।
सहकारीका अध्यक्ष शिव रानाभाटले प्रस्तुत गरेको प्रतिवेदन, कोषाध्यक्ष हुम रानाभाटले पेश गरेको आर्थिक प्रतिवदन र लेखा समितिका संयोजक रमेश राजभाटले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको थियो ।
संस्थाले प्रतिवेदन निर्णयार्थ सभामा पेस गर्नु अगाडि असोज १८ गतेदेखि २८ गतेसम्मको अवधिमा जिज्ञासा, सुझाव र सल्लाहको संकलन गरेको थियो ।
कोभिड १९का कारण सहकारीले भौतिक दूरी कायम गर्दै सेयर सदस्यबाट प्राप्त मतलाई सम्बोधन गर्दै अन्तिम निर्णयार्थ सहकारीका सञ्चालक समिति, उपसमिति र सल्लाहकारको सहभागितामा सभा गरेको हो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्धि रानाभाट,सचिव गुप्त रानाभाट, शिक्षा उपसमिति संयोजक असफल गौतम, सञ्चाचक समिति सदस्य भावना रानाभाटले बोलेका थिए ।
२०६८ सालमा तत्कालीन रानाभाट सेवा समितिले स्थापना गरी कास्की जिल्ला कार्यक्षेत्र रहेको सहकारीमा १ हजार २ सय सेयर सदस्य छन् । संस्थाको असार मसान्तसम्मको सेयर पुँजी ६ करोड पुगेको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया