पसगाउँका १४० परिवारलाई दसैं राहत

समाधान संवाददाता २०७७ कार्तिक ६ गते १६:४२

समाधान संवाददाता

देशविदेशका नेपालीहरुबाट सहयोग जुटाएर लमजुङको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर ६ पसगाउँमा राहत वितरण गरिएको छ । दसैंको अवसर पारेर पसगाउँका स्थानीयलाई बिहीबार राहत विरतण गरिएको हो ।

वडाध्यक्ष मनलाल गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि युवा नेता सूर्यप्रसाद गुरुङसहित अतिथिले राहत विरतण गरे ।

Advertisement

राहत २५ केजी चामलको १ बोरा, १ लिटर तेल १ पोका, २ वटा साबुन, १ पोका दाल र मास्क लगायत स्वास्थ्य सामग्रीको प्याकेजका दरले १ सय ४० परिवारलाई उपलब्ध गराइएको थियो ।

राहतका लागि पसगाउँ पुख्र्यौली थलो भएर अहिले अस्ट्रेलिया, युके, हङकङ र सिंगापुर बस्ने तथा नेपालकै विभिन्न ठाउँमा बस्दै आएका व्यक्तिहरुले सहयोग गरेका थिए ।

Advertisement

त्यसका अलाबा पसगाउँ पुख्र्यौली थलो नभएका अरु नेपालीको पनि सहयोग थियो । युकेबाट मात्रै ८९ हजार ५ सय, अस्ट्रेलियाबाट ६५ हजार, हङकङबाट ४० हजार, सिंगापुरबाट ४० हजार रुपैयाँ सहयोग जुटेको जानकारी वडाध्यक्ष मनलाल गुरुङले दिए । त्यसबाहेक अरु रकम नेपालभित्रबाटै जुटेको हो ।

कुल ३ लाख ७९ हजार ५०० रुपैयाँको सहयोग जुटेको थियो । राहत जुटाउनका लागि बलराम गुरुङ, बालमुकुन्द गुरुङ, मनकुमारी गुरुङ, दीपु गुरुङ, गमप्रसाद गुरुङ, चन्द्रप्रसाद गुरुङ, मनलाल गुरुङ र टमानसिंह गुरुङ सक्रिय भएका थिए । सूर्यप्रसाद गुरुङको अगुवाइ र सक्रियता थियो ।

राहत वितरणपछि प्रमुख अतिथि सूर्यप्रसाद गुरुङले स्वास्थ्यका मापदण्ड पालना गरी दसैं मनाउन स्थानीयलाई आग्रह गरे । उनले भने, ‘दसैं र चाडपर्वहरुभन्दा हाम्रो जीवन ठूलो हो, त्यसैले सबैभन्दा पहिला हामी सबै सुरक्षित हुनुपर्छ ।’



तपाईको प्रतिक्रिया